मधेसी स्वास्थ्यकर्मी फोरमको होलि मिलन सम्पन्न

facebook sharing button
twitter sharing button
sharethis sharing button

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल देश कै प्रशिक्षित र व्यवस्थित संगठन रहेको कुरा बताएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल धनुषा र महोत्तरी द्वारा आयोजित होलि मिलन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले लोकतन्त्र,संघियता र सामावेशिताका लागि संघर्ष गर्ने स्वास्थ्यकर्मी फोरम एक सबल संगठन रहेको कुरामा जोड दिनुभएको छ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा जिल्ला अध्यक्ष पशुपति यादव,उपाध्यक्ष अम्भु प्रसाद साह,सचिव घनश्याम यादव , मधेसी स्वास्थ्यकर्मी फोरम का केन्द्रिय उपाध्यक्ष राम छबिला यादव, स्वास्थ्यकर्मी फोरम का नेता जय कुमार यादब, लक्ष्मण यादय, लक्ष्मण साह सहित का वक्ता हरुले बोल्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button