
जनकपुरका चिकित्सकहरु जसपामा गरे प्रवेश
जनकपुरधाम । आधा दर्जनबढी चिकित्सकहरु जनता समाजवादी पार्टीमा मंगलवार प्रवेश गरेको छन्।
पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशी चिकित्सकहरुलाई फुलमाला तथा टिका लगाएर स्वागत गरेका छन्।
नव प्रवेशी चिकित्सकहरुमा डा. कामेन्द्र यादव, दिपु यादव, सतिश यादव, अरुण कुमार गोइत, मनोज मण्डल, रितेश कुमार, निमु यादव, ललिता यादव, विन्दु अधिकारी रहेका छन्।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चिकित्सकहरुको पार्टीमा प्रवेशले गर्दा सामाजिक र राजनीतिक क्रियाकलापमा शुद्धिकरण आउने बताएका छन् । उनले भने, ‘जसरी शरीरको रोगलाई चिकित्सकहरुले फालेर स्वस्थ्य बनाउँछन, त्यसरी नै पार्टीमा बुद्धिजीविहरुको प्रवेशले सामाजिक र राजनीतिक शुद्धिकरण हुन्छ ।’ पार्टी प्रवेश कार्यक्रममा प्रदेश साँसद चमेली देवी दास, जिल्ला अध्यक्ष पशुपति यादव, नेता शेषनारायण यादव लगायत दर्जनौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।




