काठमाडौंमा जग्गाको सरकारी मूल्य दुई वर्षदेखि एउटै, कहाँको कति ?

काठमाडौं महानगरपालिकाले दुई वर्षदेखिकै पुरानै मूल्य कायम राखेर आगामी आर्थिक वर्षका लागि जग्गाको न्यूनतम सरकारी मूल्यांकन गरेको छ । महानगरले शुक्रबार नगरसभामा पेश गरेको आगामी वर्षको आर्थिक विधेयकमा महानगरभित्रका जग्गाहरुको पुरानै मूल्यांकन कायम राखिएको हो ।

तत्कालिन मेयर विद्यासुन्दर शाक्यले २०७७/७८ मा जग्गाको सरकारी मूल्यांकन पुनरावलोकन गरेका थिए । महानगरभित्र जग्गाको सरकारी मूल्यांकन दुई वर्षदेखि नबढेपनि चलनचल्तीको भाउ भाउमा भने उछाल आइरहेको छ ।

मालपोतले जग्गाको रजिष्ट्रेशन गर्दा सरकारी मूल्यांकनको आधारमा थैली रकम कायम गरी राजश्‍व असुली गर्छन् ।

महानगरपालिका क्षेत्रभित्रका प्रमुख सडक एवम् सडकको दायाँ बायाँको जग्गाको सम्पत्ति कर प्रयोजनका लागि महानगरले सरकारी मूल्यांकन गर्दै आइरहेको छ ।

महानगरमा सरकारी मूल्यांकन अनुसार सबैभन्दा महंगो दरबारमार्ग, जमल, सुन्धारा, न्यूरोड, हनुमानढोका पूर्व, नयाँ सडक, पुरानो महानगरपालिका, न्यूरोड पिपलबोट, न्यूरोड खिचापोखरी, धरहरा, ठमेल, क्षेत्रपाटी, जमल, विश्वज्योती, तीनधारा पाठशाला क्षेत्रको मुल सडकको दायाँबायाँ प्रतिआना ५० लाख रुपैयाँ सरकारी मूल्य कायम छ ।

यस्तै, काठमाडौं प्लाजा, माइती घर, सिंहदरबार पश्चिमगेट, पुतली सडक, कृष्णपाउरोटी, हात्तिसार, कान्तिपथ, घण्टाघर, नेपाल वायुसेवा निगम, बीर अस्पताल, त्रिपुरेश्‍वर, रत्नपार्क, शहिदगेड, पुरानो बसपार्क, भद्रकाली लगायत ठाउँमा मूल बाटोमा जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि प्रतिआना ५० लाख रुपैयाँ मूल्य तोकिएको छ ।

कहाँ कति सरकारी मूल्य ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button