सुनको भाउ बढ्यो, तोलामा कति?

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारका लागि ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको भाउ प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुनको प्रतितोला भाउ ८५ हजार ८५० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १२ सय २५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button