सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौँ :

नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजारमा काोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार आइपुगेको छ।

त्यसगरी आज भाउ पनि बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुडानको जातीय हिंसामा १०५ जनाको मृत्यु;सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन् ।
इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने ।

शनिबारदेखि सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button