भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। शुक्रबार भारतीय तेल मार्केटिङ कम्पनीहरूले फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर भारु ८० पैसाले बढेको छ।

यसअघि मंगलबार पनि पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रुपमा बढेको थियो। पछिल्लो चार दिनभित्र पेट्रोल र डिजेलको मूल्य २.४० भारुले बढेको छ।
यो बढेको मूल्यसँगै देशको राजधानी दिल्लीमा पेट्रोलको मूल्य ९७.८१ रुपैयाँ र डिजेलको मूल्य ८९.०७ रुपैयाँ प्रतिलिटर पुगेको छ। मुम्बईमा पेट्रोलको मूल्य ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य ११२.५१ रुपैयाँ प्रतिलिटर भएको छ। चेन्नईमा ७६ पैसाले बढेर १०३.६७ प्रति लिटर पुगेको छ।

पेट्रोल र डिजेलको मूल्य राज्य अनुसार फरक हुन्छ किनभने स्थानीय कर दरहरू राज्य अनुसार फरक हुन्छन्। जसको आधारमा इन्धनको मूल्यमा पनि फरक आउँछ।

मुडीज इन्भेष्टर्स सर्भिसले बिहीबारको एक रिपोर्टमा भारतका प्रमुख तेल कम्पनीहरू आईओसी, बीपीसीएल र एचपीसीएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न नदिइ यथावत राखेको बताएको छ। जसका कारण विगतमा कम्पनीहरूले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा बेहोरेका थिए।

भारतमा पेट्रोलियम पदार्थको मूल्य वृदी भएसँगै नेपालमा पनि त्यसको असर पर्ने देखिएको छ । पेट्रोलिम पदार्थ भारतबाट नेपालमा किनेर ल्याइने भएकाले मूल्य थप घट हुदा नेपालमा प्रतक्ष्य असर पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button