सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ। शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ।

बिहिबार १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छापाला सुन आज ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ। बिहिबार प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कारोबार भइरहेको चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button