सुनको मूल्य घट्यो,हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुन तोलाको एक हजार ८ सय रुपैयाले सस्तिएर १ लाख  ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार १ हजार २ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रति तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रति तोला एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button