ह्वात्तै घट्यो सुनको भाउ, आज आठ महिनायताकै सस्तो

काठमाडौं । सुनको भाउ पछिल्लो आठ महिनायताकै सस्तो भएको छ ।

एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले भाउ घटेपछि सुनको भाउले ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।

असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

असार ५ गते ८९ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजार र कारोबार नहुनु नै सुनको मूल्य घट्ने मुख्य कारण भएको महासचिव बज्राचार्यले बताए ।

महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो छापावाल सुन ९० हजार ९ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button