सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँले कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button