कति पुग्यो सुन-चाँदीको भाउ?

मंगलबार सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ।

त्यस्तै, आज बजारमा चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

हेर्नुहोस् आजको विदेशी मुद्रा विनियम दर

आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा पुगेको छ।

युरोपियन युरो एकको खरिददर भने १३५ रुपैयाँ ३५ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३७ रुपैयाँ  ३ पैसा पुगेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ५१ पैसा पुगेको छ। यसको बिक्रीदर ८५ रुपैयाँ ९५ पैसा पुगेको छ।

नेपाल राष्ट्र बैंककाअनुसार मंगलबार कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ २९ पैसा पुगेको छ भने यसको बिक्रीदर ३९४ रुपैयाँ २७ पैसामा कारोबार भइरहेको छ।

यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button