ह्वात्तै घट्यो सुनको भाउ, तोलामा कति पुग्यो?

काठमाडौं : सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९२ हजार २०० तोकिएको छ। पहेँलो धातु सोमबार प्रतितोला  ९३ हजार १०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button