अब भोलि देखि पुराना मोबाइलले काम नगर्ने

मंगलबार (भोलि) देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् ।

अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्ने छैनन् ।

यसको अर्थ एनड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसले डाटा प्रयोग नगर्ने, मेसेज टेक्स्ट मेसेज नपठाउने, इन्टरनेटको पहुँच नहुने र फोन गर्न मिल्नेछैनन् ।

अधिकांश मोबाइल प्रयोगकर्ताले ब्ल्याकबेरी चलाउन छोडेका छन् । यसको अन्तिम भर्जन भने सन् २०१३ मा लन्च गरिएको थियो ।

उद्यम र विश्वभरका सरकारहरुलाई सुरक्षित सफ्टवेयर र सेवा दिने प्रयासस्वरुप कम्पनीले गत वर्षको सेप्टेम्बरमा यस बारेमा घोषणा गरेको थियो ।

ब्ल्याकबेरी सन् २०१६ देखि नै फोन बजारबाट टाढा भएको थियो । तर, वर्षैंदेखि यसले विभिन्न फोन निर्मातालाई आफ्नो ब्रान्डमार्फत लाइसेन्स दिँदै आएको थियो ।

हालसालै उसले अनवार्डमोबिलिटीलाई लाइसेन्स दिएको थियो ।

ब्ल्याकबेरीका पुराना सेल फोन सन् १९९० र सन २००० को दशकमा निकै लोकप्रिय थिए ।

बाख्रा चराउन गएकी धुशियाको हात्तीले लियो ज्यान

बर्दियामा जङ्गली हात्तीको आ’क्र’म’णबाट एक महिलाको मृत्यु भएको छ । आ’क्र’म’णबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो ।

आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आ’क्र’मणमा परी थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको कार्कीले बताउनुभयो ।

नियुक्ति पत्र प्रदान-महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका रेडक्रसका पदाधिकारी र सदस्यलाई मन्त्री रेग्मीले नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले तदर्थ समितिलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको छ । “तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्नुहोला’’, मन्त्री रेग्मीले भन्नुभयो, “नयाँ कार्य समिति चयन गर्न तपाईंहरु सफल हुनुहोस् ।’’

यसअघि केपी ओली नेतृत्वले नियुक्त गरेका तदर्थ समितिले अधिवेशन गर्न सकेको थिएन । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ समितिको चुनाव तीन महिनाभित्र गर्ने कार्यादेश दिएर तदर्थ समिति गठन गरेको मन्त्री रेग्मीले जानकारी दिनुभयो । “फेरि तीन महिना थप्नुपर्ने अवस्था नआओस्’’, कार्यकाल सफलताको शुभकामना दिँदै उहाँले विधि, विधान मानेर प्रक्रियाअनुसार तीन महिनाभित्र अधिवेशन गराउन तदर्थ समितिलाई निर्देशन दिनुभयो ।

अघिल्लो सरकारले रेडक्रसलाई छिन्नभिन्न बनाउने काम गरेको बताउँदै मन्त्री रेग्मीले कानूनविपरीत काम गर्दा रेडक्रसका कर्मचारी आन्दोलित बनेको उल्लेख गर्नुभयो ।

उहाँले तदर्थ समितिलाई तत्काल रेडक्रसमा भइरहेको कर्मचारीको आन्दोलन रोक्न र कर्मचारीको सुरक्षा गर्न तदर्थ समितिलाई निर्देशन दिनुभयो ।

मन्त्री रेग्मीको निर्देशनपछि नियुक्तिपत्र बुझेर रेडक्रसमा पुगेको तदर्थ समितिले कर्मचारीको आन्दोलन स्थगित गराएको छ । मन्त्री रेग्मीको निर्देशनपछि नै तदर्थ समितिका नवनियुक्त अध्यक्ष सुदर्शनप्रसाद नेपालले भोलिसम्म कर्मचारीका जायज माग सम्बोधन गर्न वार्ता समिति नै बनाउने प्रतिबद्धता जनाएको मन्त्री रेग्मीको निजी सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button