सुनको भाउ घट्यो, तोलामा कति पुग्यो?

मंगलबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले सस्तिएको छ । तिहारपछि गत सोमबार खुलेको बजारमा एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज २०० रुपैयाँले नै सस्तिँदै ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज पनि प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button