सुनको मूल्य आज २०० ले बढ्यो, कतिमा हुँदैछ काराेबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार पनि सुनको मूल्य बढेको बताएको छ । आइतबार ४०० र सोमबार ३०० ले बढेको सुनको मूल्य आज मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको हो । लगातार तेस्रो दिन बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य स्थिर छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ तोकिएको बताएको छ । चाँदीको मूल्य हिजो सोमबार पनि यही कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button