सुनको मूल्य घट्यो,तोलामा कति पुग्यो? हेर्नुहोस् आजको मूल्य

गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तर, यता चाँदीको मूल्य भने तीन दिन यताकै निरन्तर बुधबार पनि स्थिर रहँदै प्रतितोला एक हजार १६० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य भने तोलामा ४०० रुपैयाँले नै बृद्धि हुँदै आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button