सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति पुग्यो? हेर्नुहोस् आजको मूल्य

नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ ।

हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सुनको मूल्य मंगलबारदेखि लगातार घटिरहेको थियो भने चाँदीको मूल्य पनि घट्दो क्रममा नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button