
दुई महिनामा भित्रिए ४३ लाख स्कुटर र बाइक
चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो दुई महिना (साउन–भदौ)मा ४३ लाख ७ हजार एकसय ५७ स्कुटर तथा बाइक भित्रिएका छन्।

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा ६४ करोड ८५ लाख ४१ हजार रुपैयाँ बरारबका इलेक्ट्रिक तथा प्रेट्रोलबाट चल्ने स्कुटर तथा बाइक भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

नेपालमा ब्राजिल, चीन, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, फिलिपिन्स, भियतनाम लगायत मुलुकबाट दुई पांग्रे सवारी आयात हुने गरेको छ। त्यस्तै संयुक्त अरब इमेरेट्स (युएई), थाइल्याण्ड, स्पेन लगायत मुलुकबाट पनि दुई पांग्रे सवारी आयात गरिन्छ।
दसैंको अवधिमा दुई पांग्रे सवारीको माग बढ्ने हुँदा आयात पनि बढ्ने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

