कसरी बन्छ कोकाकोला? संसारमा २ जनालाई मात्र थाहा छ ! को हुन् उनीहरु ?

अमेरिकाको चर्चित सफ्ट ड्रिङ्क निर्माता कम्पनी ‘कोका कोला’को इतिहास पनि पुरानो नै छ। जर्जियाको एटलान्टाबाट सुरू भएको यस कम्पनीले आज संसारभरी नै आफ्नो कारोबारलाई फैलाउन सफल भएको छ। नेपालमा पनि कोका कोलाको ठूलो बजार स्थापित छ। कोका कोलाले दुनियाभरीकै सफ्ट ड्रिङ्क बजारमा खास स्वादको साथसाथै आफ्नो छुट्टै पहिचान पनि बनाएको छ।

आखिर, कोका कोला ड्रिङ्क्सको खास स्वादको रहस्य अनि फर्मूला चाहिँ के हो त? यो कुरा जानेर सबैलाई झन् बढी खुल्दुली हुन सक्छ कि, कोका कोला तयार गर्ने मूल शूत्र एकदम गोप्य राखिएको छ र अझसम्म उक्त फर्मूलालाई एउटा दराजमा बन्द गरिएको छ। यो फर्मूलालाई लिएर सँधै विवाद हुँदै आइरहेको छ। कति चोटी यसको फर्मूला सार्वजनिक हुने कुरा उठेपनि आजसम्म यो सम्भव हुन सकेको छैन।

केवल दुई जनालाई यो फर्मूला अवगत छ-

कोका कोलाको यो गोप्य फर्मूलालाई लिएर जति विवाद भएपनि यसको फर्मूलाको बारेमा भने कम्पनीकै आधिकारीक व्यक्तिहरूलाई पनि थाहा छैन। कम्पनीको केवल दुईजना कार्यकारी व्यक्तिहरूलाई मात्रै यसको रहस्य थाहा छ। तर, चर्चामा यो कुरा पनि छ कि दुवै कार्यकारीहरूलाई फर्मूलाको आधा-आधा भाग मात्र थाहा रहेको छ। खास कुरा त के हो भन्दा, दुवै व्यक्तिहरूलाई फर्मूला थाहा भएकै कारण उनीहरू कहिल्यै पनि सँगै हिँड्दैनन्, कतै जान पर्यो भने पनि उनीहरू छुट्टा-छुट्टै बस्छन्, एक-अर्कासँग कुनै सम्बन्ध नै राख्दैनन्। फर्मूलाको गोपनीयतालाई लिएर सन् २०११ मा कम्पनीले बयान पनि दिएका थिए र उक्त शूत्र आफ्नै ठाउँमा सुरक्षित छ, त्यो बाहिर आउन सक्दैन भनेर पनि भनेका थिए।

कहाँ राखिएको छ त फर्मूला-

कोका कोला बनाउने फर्मूलालाई कुनै कर्मचारी अथवा आधिकारिक व्यक्तिहरूको साथमा छोडिएको छैन। एटलान्टाकै ‘सन ट्रस्ट बैङ्क’मा यसको ओरिजिनल फर्मूला राखिएको छ। उक्त बैङ्कले फर्मूलालाई सार्वजनिक नगरोस् भनेर कोकाकोला कम्पनीमा उक्त बैङ्कलाई ४८.३ मिलियन डलरको सेयर पनि दिइएको छ। साथसाथै, बैङ्कको आधिकारीहरूलाई कम्पनीको सञ्चालक समितीमा समावेश गरिएको छ।

कोकाकोला पिउनु हुन्छ? एक पटक यो पढ्नुस्

तपाइँले क्यानमा हुने कोकाकोला पिउने गर्नु भएको छ होला । तर त्यसको बाहिर लेखिएको चेतावनी कमैले पढ्छन् । यदि नियमितरुपमा कोक पिउने बानी छ भने कोकाकोलाको क्यानको बाहिरपट्टी रहेको चेतावनी पढ्ने बानी गर्नुस् ।

कोकको क्यानमा कोकोमा प्रयोग भएको सक्करको मात्रा बारे स्पष्ट जानकारी दिएको हुन्छ । तपाइँलाई बढी गुलियो मन पर्छ भने बढी सक्कर भएको र कम गुलियो मन पर्छ भने कम सक्कर हालेको कोक छान्न सक्नु हुन्छ ।

कोकाकोला कम्पनीले अव ट्राफिक लाइट जस्तै गरी कोकमा रहेको गुलियो पदार्थको विषयमा जानकारी दिने भएको छ । अत्याधिक सुगर भएको कोकमा रातो केही कम भएकोमा पहेलो र एकदम कम भएको कोकमा हरियो रंग प्रयोग हुनेछ ।

बेलायती पत्रिका डेली मेलको अनलाइन संस्करणका अनुसार कोकाकोला कम्पनिका अधिकारीहरुले कोकमा सुगरको मात्रा बढी रहेको भएपनि कोकोका क्यानमा सुगरको मात्राबारे स्पष्ट रहेको बताएका छन् । यो जानकारीको आधारमा नै उपभोक्ताहरुले आफुलाई मन पर्ने र आवश्यकस्तरको सुगर छान्न सक्ने उनीहरुको भनाइ छ ।
कोकले सक्कर र डाइट कम भएका उत्पादन पनि बजारमा ल्याएको छ तर तिनीहरुको विक्री भने निक्कै कम हुने गरेको बताइन्छ ।

कोकमा रहेको सक्करको मात्राको विषयमा यस अघि पनि विभिन्न पटक विवाद भएको छ । अमेरिकाको फुड एन्ड ड्रग्स एसोसिएशनले कोकमा सक्कर कम गर्न निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button