
ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस् आजको मूल्य

विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै, यता चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै सस्तिँदै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
सिस्नेखोलामा पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन
जिल्ला प्रशासन कार्यालय दाङले सिस्नेखोलामा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।
दाङ प्रशासनले सूचना जारी गर्दै दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ले गएको असार २८ गते निर्माण व्यवसायी यज्ञ केसीको पुलमा तस्बिर अपलोड गर्दै एक महिनामा पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको फेसबुकमा जानकारी गराएका थिए ।
तर, यो बीचमा कुनै काम भएन र पुल निर्माण समयमा नहुँदा गएराति सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा ४ जना महिलाको मृत्यु भएको छ ।
उक्त कार गएराति पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो ।

