
फेरि घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो? हेर्नुहोस् आजको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको बजार मूल्यमा गिरावट आएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले सस्तिएको हो ।

योसँगै गत मंगलबार बजारमा प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९१ हजार रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार १९५ रुपैयाँ कायम भएको छ ।
यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज बुधबार गत मंगलबारको मूल्यमा तोलामा २०० रुपैयाँले सस्तिदै ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खैरो हेरोइन किनबेच गर्न लागेका ३ जना पक्राउ
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ बाट लागुऔषध ‘खैरो हेरोइन’ किनबेच गर्न लागेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
उपमहानगरपालिका–५ स्थित ३२ वर्षीय एन्जल मास्केको घरबाट सरोज डंगोल, सुशिलकुमार लामा र घरधनी मास्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले २५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
एन्जलको घरमा सुशीलकुमार लामा र सरोज डंगोल लागु औषध किन्न गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
उनीहरुमाथि लागु औषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

