
तीन दिनदेखि सुनको मूल्य स्थिर, तोलामा कति पुग्यो ? हेर्नुहोस् आजको मूल्य
तीन दिनदेखि सुनको मूल्य र दुई दिनदेखि चाँदीको मूल्य स्थिर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार गत साताको शुक्रबार (११ गते) देखि सुनको भाउ स्थिर रहेको हो ।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र चाँदीको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको छ ।
गत साताको शुक्रबार पनि यही मूल्य कायम थियो ।
यसैगरी, महासंघले विगत दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आइतबार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको भाउ आज स्थिर छ ।
महासंघले आज चाँदीको भाउ प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ ।
डलरको भाउ स्थिर, कति छ अन्य विदेशी रकमको विनियम दर ?
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको विनिमय दर स्थिर कायम भएको बताएको छ ।
आजको विदेशी विनिमय दर तोक्दै डलरको खरिद÷बिक्री दर स्थिर रहेको बताएको हो । हिजो डलरको भाउ एकै दिन ८० पैसाले घटेको थियो ।
यसैगरी, आज एक युरोको बिक्री मूल्य १३९.४१ र खरिद १३८.७० रुपैयाँ तथा एक पाउण्डको बिक्री मूल्य १६२.७४ र खरिद मूल्य १६१.९२ रुपैयाँ छ ।
यसका साथै, आज अष्ट्रेलियन डलरको बिक्री ८६.७२ र खरिद दर ८५.९८ रुपैयाँ तथा सिंगापुर डलरको बिक्री ८७.८१ र खरिद ८७.३६ रुपैयाँ छ ।
यता १० जापानी येनको बिक्री १०.७६ र खरिद दर १०.७१ रुपैयाँ, साउदी अरबको रियालको बिक्री ३१.५२ र खरिद मूल्य ३१.३६ रुपैयाँ र कतारी रियालको बिक्री ३२.२७ रुपैयाँमा हुँदा खरिद दर ३२.१० रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)को बिक्री ३२.१८ र खरिद ३२.०२ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.२१ रुपैयाँमा हुँदा खरिद २८.०७ रुपैयाँ कायम रहेको बैंकले जनाएको छ ।
यसैगरी, १०० कोरियन वनको बिक्री १०.१७ र खरिद १०.१२, हङकङको एक डलरको बिक्री १५.१८ र खरिद १५.१० तथा चिनियाँ युआनको बिक्री १८.२६ र खरिद १८.१७ रुपैयाँ छ ।

