
ह्वात्तै बढ्यो सुनको मूल्य,तोलामा कति पुग्यो? हेर्नुहोस् आजको मूल्य
शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

गत बिहीबार २ सय रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन अधिकतम ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बिहीबारको तुलनामा तोलामा ५ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
तर, यता सुनको मूल्य बृद्धि भइरहँदा बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले सस्तिएको छ ।
महासंघका अनुसार गत बिहीबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै एक हजार २ सय रुपैयाँ कायम भएको छ ।
आज कुन देशको मुद्राको विनिमय दर कति छ ?
नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ४५ पैसा र बिक्री दर ११९ रुपैयाँ ०५ पैसा रहेको छ ।
यस्तै आज युरोपियन युरो एकको खरिद दर १३९ पैयाँ ४८ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ७४ पैसा र बिक्री दर १६३ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ३६ पैसा र विक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिद दर ८५ रुपैयाँ ९९ पैसा र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा रहेको छ ।
क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९९ पैसा र बिक्री दर ९४ रुपैयाँ ४६ पैसा रहेको छ भने आज यता जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ७६ पैसा र बिक्री दर १० रुपैयाँ ८२ पैसा रहेको छ ।
आज चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २७ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।
यता साउदी अरेबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ५८ र बिक्री दर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर अधिकतम ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

