
ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति?
११ माघ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1