
फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस् आजको मूल्य
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा झरेको हो भने चाँदी १० रुपैयाँले बढेर एक हजार २१० रुपैयाँमा उक्लिएको हो ।

महासंघका अनुसार यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घटेर मंगलबार ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
कोरोना महामारीमा ‘ब्रह्मलुट’ : न गनिसाध्य, न भनिसाध्य !
कोरोना महामारी नियन्त्रण र रोकथामका नाममा पूर्ववर्ती सरकारले राज्यकोष मनलाग्दी दोहन गरेको भेटिएको छ ।
आम नागरिक महामारी चपेटामा आकुल ब्याकुल भइरहँदा सिंहदरबारदेखि स्थानीय तहसम्म ‘ब्रह्मलुट’ नै मच्चाइएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले तयार गरेको कोभिड–१९ सम्बन्धी विशेष लेखापरीक्षण प्रतिवेदनमा तीनै तहको सरकारले कोरोनाका नाममा राज्यस्रोतमाथि गरेको मनमौजी दोहनको फेरिहस्त उल्लेख छ ।
महालेखाले तीनै तहका सरकारका ८०३ निकायबाट कोरोना महामारी नियन्त्रणका नाममा भएको खर्चको परीक्षण र मूल्याङ्कन गरी छुट्टै प्रतिवेदन तयार पारेको हो ।
कोभिड–१९ नियन्त्रण गर्न भन्दै सङ्घीय सरकारले २०७८ असार मसान्तसम्म बजेटमार्फत ४ अर्ब ७९ करोड, सङ्घीय कोषबाट १ अर्ब ३ करोड, प्रदेश सरकारबाट २ अर्ब ९४ करोड र स्थानीय तहबाट ७ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ ।
यत्तिका रकम खर्च गरेको पूर्ववर्ती सरकारले महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा पर्याप्त पूर्वतयारी नै नगरेको, महामारी फैलन थालेपछि मात्र आवश्यक खरिद थाले पनि मितव्ययी र प्रतिस्पर्धात्मक तवरले नगरेको, एकैपटक हजारौँ नागरिक सीमा नाकामा अलपत्र पर्दा पनि स्वदेश प्रवेशमा निकै कमजोरी गरेको, राहत र पुनःस्थापनाका काम व्यवस्थित र समन्यायिक नबनाएको, कोरोना नियन्त्रणका नाममा गरिएको खर्चबाट खरिद गरिएका सामग्रीको गुणस्तरसमेत सुनिश्चित नगरेको र अनियन्त्रित तरिकाले खर्च गरी स्थानीय तहबाट राहत वितरण गरेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपालमा कोरोना महामारी फैलिएपछि सरकारले २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेको थियो । महामारी रोकथाम, नियन्त्रण र उपचारका नाममा २०७७ असार मसान्तसम्म गरेको खर्चबारे महालेखाले लेखापरीक्षण गरेको हो । ओली असार २८ गते सत्ताच्युत भएका थिए ।
अनियमितता : न गनिसाध्य, न भनिसाध्य
महामारी नियन्त्रण, रोकथाम र उपचारमा पूर्ववर्ती सरकारले पूर्वतयारीदेखि समन्वयसम्म कमजोरी त ग–यो नै, असार मसान्तसम्म गरेको १३ अर्ब ५४ करोड ३९ लाख रुपैयाँको यकिन हिसाबसमेत गोलमटोल पारेको छ ।
आर्थिक वर्ष २०७७–७८ को आर्थिक सर्वेक्षणमा माथि उल्लेखित रकम खर्च गरेको उल्लेख भए पनि लेखापरीक्षण गर्दा १६ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खर्च भएको देखिएको महालेखाले प्रतिवेदनमा किटेको छ ।
आर्थिक वर्ष २०७७–७८ का लागि ल्याइएको बजेटमा कोरोना नियन्त्रणतर्फ सरकारले ५ अर्ब ९२ करोड ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
असार मसान्तसम्म सरकारले विनियोजित बजेटमध्ये ४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ खर्च गरिसकेको थियो ।
२०७६ चैत ९ गते पूर्वप्रम ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो ।
सो कोषमा २०७७ असार मसान्तसम्म २ अर्ब ३९ करोड २९ लाख रुपैयाँ जम्मा भयो । कोषमा जनस्तरबाट समेत चन्दा उठाउने अभियान सरकारले चलायो ।
कोषको १ अर्ब ३ करोड ७० लाख रुपैयाँ ओली सरकारले नै खर्च गरेको हो । यो कोष त्यही हो, जसमा जम्मा भएको रकम खर्च गर्ने गरी स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य सेवा विभागले सार्वजनिक खरिद ऐनको बर्खिलाप हुने गरी ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता गर्यो ।
तर, बजार मूल्यभन्दा अत्यधिक महँगोमा खरिद सम्झौता गरी करोडौँ रुपैयाँ रकम भ्रष्टाचार गर्न खोजेको आरोप लागेपछि ओली सरकार सो सम्झौता रद्द गर्न बाध्य भएको थियो ।


