फेरि बढ्यो सुनचाँदीको मूल्य

मंगलबार नेपाली बजारमा सुनचाँदीकै मूल्य भएको छ । सोमबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ पुगेको हो । 

यस्तै, यता चाँदीको मूल्य समेत सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ५०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ ।

क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरिएको छ । 

अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ)मा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button