ह्वात्तै बढ्यो सुनको मूल्य,तोलामा कति पुग्यो? हेर्नुहोस् आजको मूल्य

अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला एक हजार रुपैयाँले बृद्धि हुँदै ९० हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २०५ रुपैयाँ पुगेको हो । 

गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 

महासंघका अनुसार आज यता तेजाबी सुन समेत बढेर ९० हजार २०० रुपैयाँ कायम भएको छ । 

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९२ पैसा रहेको छ । 

यस्तै पाउण्ड १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ । 

विनिमयदर विस्तृतमाः

CurrencyUnitBuySell
USD (U.S. Dollar)1118.50119.10
EUR (European Euro)1139.21139.92
GBP (UK Pound Sterling)1163.54164.37
CHF (Swiss Franc)1128.52129.17
AUD (Australian Dollar)187.0187.45
CAD (Canadian Dollar)194.6795.15
SGD (Singapore Dollar)187.2387.67
JPY (Japanese Yen)1010.7410.80
CNY (Chinese Yuan)118.2818.37
SAR (Saudi Arabian Riyal)131.6031.76
QAR (Qatari Riyal)132.5532.71
THB (Thai Baht)13.563.57
AED (UAE Dirham)132.2632.42
MYR (Malaysian Ringgit)127.9628.11
KRW (South Korean Won)10010.1510.20
SEK (Swedish Kroner)113.6513.72
DKK (Danish Kroner)118.7218.81
HKD (Hong Kong Dollar)115.2215.30
KWD (Kuwaity Dinar)1393.75395.75
BHD (Bahrain Dinar)1314.29315.89
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button