
सुनको मूल्य बढ्यो,तोलामा कति ?
साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन तोलामा ३ सय रूपैयाँले बढेको हो।

महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन आज प्रतितोला ८९ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

