भ्रष्टाचारी विखण्डनकारीले लुटेको जनताको रकम राष्ट्रिय ढुकुटीमा जम्मा गरौं

देशका भ्रष्टाचारी विखण्डनकारीले देश दोहनगरी लुटेको देशको जनताको रकम राष्ट्रिय ढुकुटीमा जम्मा गरौ।।
देशका बुज्रुकको सल्लाह लिऊ युवाले देशको शासनभार युवाले चलाउने हल्लामात्र होइन सार्थक यथार्थतापनि हो र यो हुनु पर्छ। एक पटक युवालाई आउदो निर्वाचनमा अवसर दिऊ ! मिशन नेपालमा सरा युवा एकबद्धभई देश सम्हालौ ! सारा नेपाली जन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवाहरूको भाग्य र भविष्य निर्माण गर्ने देशको वैकल्पिक शक्ति भनेकै मिशन नेपाल हो। । युवा आऊ देशको बिकाश गरौ। जन जन नागरिक र देशको मुहार हसाँऊ विश्व कै सुन्दर र वैभवशाली राष्ट्र निर्माण गरौ। संघ संस्थाले जन नागरिकमा चेतना दिन्छ राजनीतिको मुधारमा नगई देश विकाश गर्न सकिदैन तितो सत्य !! सत्ता र पावर विना देशको मुहार फेर्न सकिदैन ?
देशले एउटा मानिस खोजिरहेको छ त्यो मानिस को होला?
देशका युवामा नैरास्यता छ, अभाव छ,तनाव छ, मनमा आत्मविश्वास छैन। स्वनिर्णय लिने सोच छैन। देशका युवामा म कसरी बिदेश जाऊ पैसा कमाउ घरका बाबु आमा परिवार र बालबालिकालाई कसरी पढाउ तथा कसरी भरणपोषण गरू भन्ने मानसिकतामा छन देशका युवा !
सरकारले न युवा स्वरोजगारको व्यवस्था गर्छ, न शिक्षामा प्राविधिक र शीपमुलक शिक्षा पद्धति लागू गर्छ। देशलाई कृषि प्रधान देश भनी परिचय गराउछ ! न कृषिमा वैज्ञनिकीकरण गर्छ, न कृषिमा देशलाई आत्मनिर्भर बनाउछ। देशको सरकारले युवालाई मेन पावर र सरकार कै अग्रसरतामा देशका कर्णधार, होनहार,विज्ञ ,दक्ष र अनुभवी युवा आफ्नो देशको बिकाश र सम्मृद्धिको खाँका कोर्न छाडेर देशका निर्मता,देशका गहना जुन युवाको कर्ममा देशको सिंगो भविष्य लुकेको हुन्छ त्यस्ता युवा विदेशीको सम्मृद्धि र बिकाशमा आफ्नो रगत र पसिना वगाईरहेका छन।
कडा परिश्रमका कारण विदेशबाट देशका भविष्य युवाको लास बाकसमा प्रत्येक दिन २/४ बटा शव अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न पाईन्छ आजभोलि त दिनमा हप्ता पन्द्रह दिनमा २३/३४ बटा शव एकै पटक आएको समाचारपनि सुनेका छौ। सरकारले ती शवबाट समेत कर लिन्छ। विगतको सरकारले त कात्रोमा समेत कर लिन्छ भन्थे। यसरी सबल सक्षम र सबल युवाहरूलाई विदेश पलायन गराउन विदेशमा आकर्षक काम देखाई विज्ञापन र प्रचारप्रसार गर्छ। मेन पावरबाट जाने युवा छुट्टाछुट्टै छन दलालले हलाल गर्छन र कतिपय मेन पापर बदनाम हुन्छन। सच्चै भन्ने हो भने संसारले वीर गोर्खाली भनेका संसारमा नाम उज्ज्वल बनाएका देशका सन्तति आज ज्यामी उत्पादन गर्ने देश भ्रष्टाचारी मिलेर शासन सत्ता चलाएको देश नेपाल भनी परिचय गराए देशका अभिभावक र नेतृत्वले ?
सरकारी वा गैरसरकारी कोटाबाट जाने युवा सधैंव ठगीमा पर्ने गरेका हुन्छन। भिषा टिकट फ्रि भन्छ त्यसमापनि सेटिङ र सोर्स फोर्स लाग्छ। आज ईजरायलमा बुढाबुढीको स्याहार सम्हारकालागि ५ हजार नेपाली ईजरायलमा जाने तयारीमाको क्रममा पहिलो चरणमा १ हजार युवा नेपाल सरकारले पठाउदै छ यसमा विचका दलाल र विचौलिया लागेका छन। यो रोजगार कोटा फ्रि भिषा र फ्रि टिकट हो अब यहाँ चलखेल हुन्छ।
आज बजारमा हल्ला छ ५ लाख ७ लाख चाहिन्छ भन्ने दलाल र ठकेदार लागेका छन। यस्तो मानवीय सवालमा गरीबका कारण घरखेत बेचेर हजारौंको संख्यामा युवा युवतीहरूले वैदेशिक रोजगार विभागमा online फर्म भरेका छन। सरकारको अनुगमन प्रणाली फितलो छ। वैदेशिक रोजगारका निर्देशक फेरिएका छन। यस्तो विदेशीको गू मुत्र सोर्न जानपनि लाखौंलाख खर्च गर्ने परिस्थिति छ यस्तो कर्मकाण्डको अन्त्य कहिले होला सरकार !
विगतको सरकारले त पार्टीको टिकट वा सदस्य नभएकोले राहत,आहत र सहयोग त परै जावोस।स्वास्थ्य उपचारपनि पाउन गाह्राे थियोे तर यो सरकारको कामकाज त एक महिना मात्र भएको छ। यस्ता विकृतिको सुधार गर्छ कि निरन्तरता जन नागरिक पर्ख र हेरमा छन।
देशमा युवामा चेतना आउन आवश्यक छ।
हो ईन्जिनियर ,पाईलट, वैज्ञानिक , अनुसन्धानकर्ता अविस्कार नेपाल मै उत्पादन गर्नु पर्छ न कि विदेशमा गइ मन ? म मेरै देशमा दस नंग्रा खियाउछु मेरो भाग्य र भविष्य आफै निर्माण गर्छु बरू एक छाक खान्छु म देशमा बस्छु र देशका भ्रष्टाचार र भ्रष्टाचारीको बिरूद्धमा लडछु। मेरो देशमा के छैन प्रकृतिले सबथोक दिएको छ। प्रसस्त संभावना छन तरपनि हामी बिदेश किन जानेभनी राष्ट्रप्रेम जगाई नेपाल आमाको आँचलमा बसी म बनाउछु मेरो देश भन्ने राष्ट्रभाव जब सम्म हरेक युवामा चेतना बोध र देशप्रति जिम्मेवार हुदैनन तब सम्म न देशमा परिवर्तन र विकाश हुन्छ, न हामी आत्मनिर्भर हुन्छौ न देश नै रहन्छ।
आज हरेक युवाले देशका शासकले गरेका शासकीय कार्य राष्ट्र र जन नागरिकप्रति गरेका राष्ट्रघातको अन्तर आत्मादेखि समीक्षा गर्दैनौ भने देश अझै सरातलमा फस्ने निश्चित छ। यसकारण अब हरेक युवाले आफ्नो भविष्य आफ्नो देशमा खोजौ। देशका कुलंघार नेतृत्वको तलुवा चाटन छाडौ। हाम्रो देश आफै बनाउ र आज र अहिले देखि विदेशमा नजाने प्रण र प्रतिज्ञा गरौ। यसैमा हामी जन्मेको सार्थक हुनेछ। अधिकार मागेर होइन लडेर जनक्रान्ति गरेर पाइन्छ भ्रष्ट नेतृत्वको पाउ मोलेर होइन।
हरेक युवामा राष्ट्र ,राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको खाँचो छ।संसारमा असंभव केही छैन सबै संभव छ। “Impossible is nothing in the World” अवको समय अनुभवी र बुज्रुकहरूबाट मार्गदर्शन र सल्लाह लिने युवाले देशको वागडोर सम्हाल्ने समय हो यो देशको आवाज हो। नेपाल आमाको पुकार र संदेश हो। हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने हे ! युवा जाग देशलाई हतियार बम बारूदबाट होइन चेतनाको क्रन्तिबाट देश बिकाश हुन्छ हामी अरूको देशका ज्याला मजदुरी गर्न जान प्रदैन। हाम्रो देश संसार कै शीर हो र नेपाल वैभवशाली राष्ट्र हो। देशका नेतृत्वले यस्तो श्वर्गमय देशलाई नर्क बनाए। युवा होशियार देशका नेतृत्वपंक्ति अब होशियार! युवा आऊ देश बचाऊ। देशले एउटामात्र मानिस खोजिरहेको छ।
अवसर के के छन त!!
१- देशमा जल भन्डार छ सदुपयोग गरौ।
२- देशमा खर्बौ का जडीबुटी छन अन्तर्राष्ट्रिय बजारमा व्यापार गरौ।
३- नेपालको बालुवामा सुन छ प्रशोधन गरौ।
४- गाँजा खेती गरौ अन्तर्राष्ट्रिय बजारमा लगौ खर्बौको आम्दानी गरौ । गाँजा बहुआयामिक वखती हो लागू अौषध होइन।
५- नेपालमा युरिनियमका पहाड छन १ किलो युरिनियाको प्रति किलो २२ अर्ब नेपाली रूपैयाँ पर्छ। यसतर्फ विश्व बजारमा व्यापार गरौ। यसतर्फ अन्तर्राष्ट्रिय बजारमा प्रशोधितगरि आर्थिक आर्जन गरौ।
६- देशमा लघु उद्योग कुटीर उद्योग खोलौ विस्थापित गराईएका हजारौं कारखाना पुनः स्थापित गरौ।
७- शिक्षा र कृषिमा अन्तर्राष्ट्रिय मापदण्ड र व‌ैज्ञानिकीकरण र व्यापक सुधार गरौ।
८- देशमा नै जहाज, रेल, मेट्रो रेल, विद्युतीय यातायात ,विद्युतीय रेल, रकेट, मिसायल, फाईटर विमान समेत बनाउने आविष्कार गर्ने थलो नेपालमा बनाउ। सीप र आविस्कार प्रयोगशाला, अनुसन्धान प्रयोगशाला,वैज्ञानिकहरू जन्माउ नभए विदेशबाट विज्ञहरूको सहयोग लिऊ । विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक , विशेषज्ञ, प्राविधिक इन्जिनियर अमेरिकनको नाशामा रहेका नेपाली वैज्ञानिकहरू समेतलाई विदेशबाट नेपालमा वोलाएर देश विकाश र राष्ट्र निर्माणमा सहभागी बनाऊ।
९- देश विकाशको खाँका कोरौ मार्गचित्रको रणनीति र योजना सहित ७७ बटै जिल्ला र प्रदेश एव केन्द्रीयस्तरमा हजारौंको संख्यामा कलकारखाना र उद्योग धन्धा खोलौ। सबै प्रदेश र।जिल्लामा मेडिकल कलेज, अस्पताल , कुषि अनुसन्धान केन्द्र बनाउ र सबै सुविधा स्थानीय स्तरमा जनताले प्राप्त गर्ने बहुआयामिक दीगो विकाश र सर्व सुलभ शिक्षाको व्यवस्थापन गरौ। सबैतहका सरकारी कलेज , अस्पताललाई निजीकरणनगर राष्ट्रियकरणगरी गुणस्तरीय शिक्षा र सुविधायुक्त बनाऊ।
१०- कृषिमा आमूल परिवर्तन गरौ।
११- शिक्षा यस्तो अस्त्र हो जसले संसार जित्न सक्छ शिक्षालाई अति महत्त्व देउ। अभ्यासमुखी, व्यवहारमुखी, रोजगारमुखी प्राविधिक र खोजमुलक एव अनुसन्धानमुलुक शिक्षा पद्धतिको लागू गरौ। स्नातक सम्म शिक्षा अनिवार्य सैनिक तालिम अनिवार्य र नारी शिक्षा अनिवार्य गरौ।
१२- जनताको शिक्षा,स्वास्थ ,निवास, लत्ताकपडा र खाद्यान्न निशुल्कः गरौ।
१३- देशका नेतृत्वले देश दोहनगरी देश र जनताको लुटेको पैसा अकुत सम्पत्तिको छानवीन गरौ सो रकम राष्ट्र निर्माणकार्यमा लगायौ।
१४- बाख्रा,खसी, पशुपालन र तरकारी फलफूल समेतमा अग्रसरता देखाई आत्मनिर्भर बनौ।
१५- अवपनि विदेश जाने ? जाने हो लौ भन्नोस। अब देशका भू भाग टनकपुर, कालापानी, महाकाली , लिपुलेक, लिम्पियाधुरा, कोशी गन्डक ,बुढी गन्डकी र सबै नदीनाला बेची सके देशका सयौं कलकारखानापनि बेचेर खाए देशका निर्माणक शक्तिलाई विदेश जान बाध्य गराए। अब देश जोगाउने कि शरणार्थी बन्ने वास्तविकता यहीँ हो देश बचाउने कि MCC जस्ता राष्ट्रघाती सम्झौता पास गराएर विदेशीको रणभूमि र फुटबल ग्राउन्ड बनाउन दिने।
१६- नेपालमा वा मानिस मानिसमा कुनै जातजाति छैन मानवको जात एउटामात्र हो जातिय विभेद गराई समाजमा धार्मिक र जातिय युद्ध गराई सत्ताको ,राप र तापमा हामी जनतालाई राजनीति गर्ने माध्यम बनाएका छन देशका राजनीतिका मुकुन्डोधारीहरूले बुझौ जानौ पहिला हामी नेपाली बनौ।
१७- बिविध …………?
विदेश नपठाए देशमा युवाहरूले देशमा विद्रोह गर्छन र हाम्रो विरासत र लुटतन्त्र समाप्त हुन्छ भनेर देशका नागरिक हामीलाई विदेशीका भरिया र दास बनाएका छन अबको क्रान्ति चेतनाको हो ! युवा क्रान्ति नै देश जोगाउने र बचाउने मेरूदन्ड बन्न सक्छ।
प्रतिक्रिया दिन नभुल्नु होला।
मिशन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा आवाज।
जय जननी। जय मातृभूमि नेपाल ।
सल्लाहकार मिशन नेपाल।।
सम्पर्क नं. ९८५१२८१३१५.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button