संघीयता बिष वृक्ष हो

संघीयता बिष वृक्ष हो। गणतन्त्र विदेशी ऐजेन्डा हो।
देशको कथा व्यथा, जन नागरिकको समस्या र देशको वर्तमान अवश्था जटिल छ। समान्य रूपमा हेर्दा जस्तो हामीले देखेका छौ त्यो सामान्य लाग्छ तर देश विकराल भुमरीमा परेको छ। देशमा न हडताल भएको छ, न चक्का जाम भएको छ, न बन्द विरोध छ, न घेराउ छ र सबै सामान्य आँखाले हेर्दा सामान्य देखिन्छ तर त्यस्तो छैन। देशको अवश्था नाजुक छ, दयनीय छ, अति संवेदनशील छ र देश रहला वा नरहला यो नै ठुलो बिषय भएको छ।
देशमा प्रजातन्त्र ,गणतन्त्र र लोकतन्त्रको नाममा विदेशीलाई गुहार मागेर जनतालाई भेडा बनाएर देशमा नर संहार मच्चाएर प्राप्त गणतन्त्र हो। यस्तो व्यवस्था न जन अनुमोदित व्यवस्था हो ,न जनमतसंग्रहबाट जनादेश प्राप्त व्यवस्था हो। यो व्यवस्था विदेशीले दिएको आयातित, व्यवस्था हो। नेपाली समाज र नेपाली पहिचान र जनाले ल्याएको र चाहेको यो व्यवस्था होइन।
जुन राजनीतिक व्यवस्था र शासन प्रणालीले जन ईच्छा बमोजिम काम गर्दैन। जनताको मान सम्मान गर्दैन। जुन प्रणालीको कारणबाट देश नै धरापमा पार्ने , देश दोहन गर्ने , भ्रष्टाचार गर्ने , देशका सबल र सक्षम युवा जगतलाई विदेश पलायन गराउन बाध्य बनाउने , देशको राष्ट्रियता र राष्ट्रिय अखन्डताको धज्जी उडाउने, देशको सार्वभौमसत्ता दिल्लीमा लगेर बुझाउने, देशका नदीनाला विदेशीलाई जिम्मा दिने, जन भावनालाई अपमान गरेर राष्ट्रघाती सन्धि सम्झौता गर्ने, देशमा स्थापित भएका कलकारखाना बेच्ने, देशको खर्बौ धनराशि विदेशमा आयातको बहानामा खर्च गर्ने, नेपाली जनतालाई परजीवी बनाउने, विदेशी महाप्रभूको खुट्टा समाउने, विदेशीसंग राष्ट्रिय स्वाभिमान गिराउने, विदेशीको चरणमा लम्पसार परेर देशकै इतिहास ,परम्परा ,धर्म ,सभ्यता ,संस्कार र संस्कृति समाप्त पार्ने यो कस्तो व्यवस्था हो र यश व्यवस्था भित्र रहेका कस्ता नेतृत्व हुन।
जनताले नचाहेको, देशले धान्न नसकेको यो संघीयता वास्तवमा देश कै बिष वृक्ष भएको छ। यस्तो रूखबाट प्राप्त फल बिषालु भएका छन। यति सानो देशमा र एउटा सिंगो देशलाई सात टुक्रा पारेर टुक्रिएर देशले धान्ने नसक्ने सातवटा सरकार ,सातवटा सदन, सातवटा मन्त्री, प्रदेश सरकार बनाएको छ। एउटामात्र देशलाई सातबटा देशको रूपमा रूपान्तर गरेको छ। यसको पनि अर्थ छ। यसको अर्थ हो टुक्राटुक्रा गरि बेच्ने जसरी दुई नम्बर प्रदेशलाइ मधेस प्रदेशको रूपमा नामांकित गरिसकेको छ।
सबै कुकुर काँशी गए गू कसले खाला भने जस्तो भएको छ। यो गणतन्त्र गले फाँसो भएको छ। बोकाको टाउकोमा भैंसीको सिंग राखे जस्तो बोझिलो भएको छ। देशका गफाडी नेताकै शब्दमा वयल गाडा चढेर अमेरिक पुग्ने जस्तो भएको छ गणतन्त्र भनेर विगतमा फलाकेकै छन।
यसको फल स्वरूप देशमा जानीजानी एक्कासी देशका नेतृत्व बिशेषगरि गठबन्धन सरकारले आर्थिक व्यवस्था र देशको केन्द्रीय बैकमा पैसा नभएको र अब ५ महिनामात्र देशको अर्थतन्त्र धान्न सक्ने र स्वदेशी बैकमा डलर नभएको सुनचाँदी पनि नभएको बैक पैसा नभएर रित्तो भएको छ भनेर अभिव्यक्ति विगतका समयमा आएको हो। पैसा एक्कासी कहाँ पुग्यो यो जनतालाई त्राहिमान पार्न सबै नेतृत्वले पैसा आफै सिज गरेका हुन अनुसन्धान गर्ने हो भने एउटामात्र विगतमा प्रधानमन्त्री भएको नेतृत्वसंग ३ खर्ब पैसा भेटिन सक्छ ? जसले लुकाएर राखेको छ।
यसको एउटामात्र उपाय रू १००/ ५०० नोटबन्दी राम्रो विकल्प हो तर यिनै भ्रष्टाचारी कालो धन जम्मा पारेकाभ्रष्टाचार गरेका र देश दोहन गरेका नेतृत्व नै सत्तामा छन जसका कारणले नोटबन्दी गर्न सक्ने परिस्थिति बन्दैन । यस्तो देशको दुरगति बनाउने नेतृत्व र पार्टीको अब हामीले सम्मान गर्ने कि विकल्प रोज्ने यो वर्तमान समयको राष्ट्रिय प्रश्न हो।
देशका नागरिक अब देशप्रति जिम्मेवार हुन आवश्यक छ। अब पनि यिनै राष्ट्रघाती, देशद्रोही,भ्रष्टाचारी ,विखण्डनकारी विदेशीको अनुकुल देशको शासन सत्ता चलाउने भ्रष्ट नेतनै फेरिपनि रोज्ने कि निर्णायक राजनीतिक नेतृत्व रोज्ने ? भन्ने बिषयमा सामाजिक बहस र निर्णायक शक्तिलाई सहयोग र समर्थन गर्ने भन्नेमा अब हामी सचेत र राष्ट्रप्रति जिम्मेवार हुने समय आएको छ। यसको अर्थ हो एक पटक देशको सुरक्षा र जन नागरिकको भाग्य र भविष्य निर्माण गर्न कसम खाएर लागेको एकमात्र नेतृत्व राजेन्द्र प्रसाद लिङदेनलाई सहयोग र समर्थन गरौ।
अरूलाई पटकपटक भोट दियौ र हामीले पीडा,यातना ,अभाव, राष्ट्रघात वाहेक के पायौं ? यस्ता बिषयमा गहन र गंभीर हुन जरुरी छ। देशको सवालमा जन नागरिक जवाफदेही बनौ यस्तो प्रणाली ,पात्र र पद्धतिको अन्त्य गरौ। हामीबाट नै परिवर्तन संभव छ। देशको माटो सुहाउँदो पद्धतिको शुरूवात गरौ यस्ता बिदेशी ऐजेन्डा र यो संघीयताको बिषवृक्षको जरैदेखि उन्मुलन गरौ यसैमा हामी र हाम्रो भविष्य सुनिश्चित हुने निश्चित छ।
एक स्वतन्त्र राजनीतिक बिष्लेषक कृष्णप्रसाद शर्मा पन्थी।
May be an image of 1 person and standing
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button