सबै पार्टीका नेता विदेशी महाप्रभूका सेवक बने : कृष्ण प्रसाद शर्मा पन्थी

देशका प्रधानमन्त्रीको भारत भ्रमण चिनियाँ विदेश मन्त्रीको संदेश लिएर मोदी शरणमा धार्मिक यात्राको नाममा ” रअ” प्रमुखसंग गोप्य वार्ता चुनावी तालमेलका वारेमा चर्चा रेल्वे उद्घाटन र राष्ट्रिय हित भन्दा अन्य विषयमा राजनीति केन्द्रीकृत।
देशका नेता देशका नेता भएनन। प्रायः सबै पार्टीका नेता विदेशी महाप्रभूका सेवक वने। राष्ट्रिय राजनीति राष्ट्रिय र जनताकोलागि भएन। देशमा सामान्यतया ३१ बर्ष।सम्म न देशमा विकाश भयो न आर्थिक उन्नति , न जन सम्मृद्धि ! देशमा सधैव कु शासन, व्याभिचार,भ्रष्टाचार ,अन्याय, अत्याचार, देश दोहन, आफू र आफन्तको भरणपोषण र देशको राजनीति व्यापार र ठेकेदारी प्रर्थामा परिणत भएको यथार्थपरक सत्य नै हो।
वर्तमान परिप्रेक्ष्यमा देशमा राजनीति होइन छुट्टाछुट्टै कम्पनी खोलिएका छन। जनतालाई माध्यम बनाएर शेर बहादुर कम्पनी , के.पी. वली कम्पनी , माधवकुमार नेपाल कम्पनी , प्रचण्ड कम्पनी र जसपा कम्पनी यी सबै प्राईभेट कम्पनी खोलिएा छन। राजनीति एउटा सस्तो र देश लुटने र जनताको रगत र पसिना चुस्ने यी कम्पनी हुन।
विश्व राजनीतिक अध्यायन र अनुसन्धानले भन्छ। राजनीति बिशुद्ध सेवा हो। यो यस्तो सेवा हो जसमा जनताको र।राष्ट्रिय स्वार्थ मात्र हुन्छ। संसारमा नभएको जात्रा नेपालमा छ नेपाली जनताका सेवक र अभिभावक भनिएका जनप्रतिनिधिले केन्द्र देखि स्थानीयतह सम्म तलव भत्ता खान्छन। यिनले जनतालाई दिने सेवा भन्दापनि जनताबाटै कर उठाएर अर्बौं खान्छन र राष्ट्रिय रूपमा देशको बिकाश गर्ने बजेट यिनै हजारौंको संख्यामा रहेका जनप्रतिनिधिको भरणपोषण गर्न राज्यकोषबाट जनता र देशको पैसा समाप्त भएको छ।
देशमा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा देशको पँचौ पटक प्रधानमन्त्री हुनु भयो तर देशको बिनाश, देश दोहन, कलकारखाना विक्री,नदीनाला बेचेर देश असफल र विश्वमाँझ भिख माग्ने देश भनेर परिचय गराउनु भएको छ। जनताको बिरोधका बाबजुद MCC जस्तो घातक सन्धि हालैका प्रधानमन्त्री देउवाले गर्नु भयो के यस्ता राष्ट्रिय बिषयमा राष्ट्रघात गरेरपनि अझै देशको प्रधानमन्त्री को कुर्सीमा बस्ने हैसियत देउवाको रहन्छ।
जन नागरिक र हाम्रो दवाव यो थियोे कि ठिक छ अमेरिकी सहयोग लिने बिकाश गर्ने सडक र विद्युत प्रसारण लाईन तर हिन्द महासागरीय अमेरिकी सैन्य रणनीति सहितको बिषय हटाउने र सदनबाट नेपालको संविधान भन्दा कानुन भन्दा माथि राखेर यो सम्झौता सदनबाट पास गर्न हुन्न भन्ने न हो तर दुर्भाग्यपूर्ण विडम्बना जो नगर्नु पर्ने थियोे त्यो जन भावना र राष्ट्रिय प्रतिकुल व्याख्यात्मक टिप्पणीको भ्रमजाल र व्याख्या गरेर सम्झौता पास गरेर छाडे। यसबाट प्रष्ट जनताले के बुझ्नु पर्छ भने यी पार्टीका उच्च नेतृत्व नेपाली जनता र देशका नेतृत्व नै होइनन जो नगर्नु पर्ने थियोे त्यो त गरेर नै छाडे। यसता बिषयमा हामी जिम्मेवार बन्ने कि नबन्ने भन्नेमा जिम्मेवार जनताले बुझन जरुरी छ।
यसमा गठबन्धन वर्तमान सरकार प्रतिपक्षी ऐमाले सबै जिम्मेवार छन। विशेष जिम्मेवार वर्तमान प्रधानमन्त्री र गगन कुमार थापा विशेष दोषी छन।
देशका नेता देशका रहेनन। बाबुराम भट्टराईले आफु प्रधानमन्त्री हुदाँको समयमा नेपालको साँचो द दिल्लीमा रहेछ भनेकै हुन, भारतलाई सुहाउने काम्फर्टेवल सरकार बनाउ भारतपनि शुखी हुन्छ भनेर प्रचण्डले भनेकै हुन। नदी भारत र नेपालका साझाँ र म त भारतकै छोरो हु भनी वर्तमान प्रधानमन्त्रीले अभिव्यक्ति दिएकै हुन।
हालका पार्टीकन उच्च नेतृत्व मिलेर महाकाली सन्धि गरकै हुन, टाकपुर बेचेकै हुन, कोशी गन्डक सन्धि गरेकै हुन हाल आएर जनताको आवाज कुल्चिएर एम.सी.सी. पास गरेकै हुन भने यिनका पछाडि अझै पनि लाग्ने हामी जनता हौ कि पार्टी भरिया नै हौ त अब समयले हामी जन नागरिकलाई जिम्मेवार बन्न सिकाएको छ
वर्तमान समय र संदर्भलाई समीक्षा नगरे देश सिक्किमीकरण, भुटानीकरण र फिजी हुने निश्चित छ।
देशका नेतृत्वसग चिन चिडिएको छ। चिनले नेपाली जनतालाई माया गर्छ तर नेतालाई बिस्वास गर्दैन। विगतमा चीनसँग भएका सन्धि सम्झौता विआरआई सबै सम्झौता कुनै कार्यान्वयन भएनन र चिनियाँ विदेश मन्त्री नेपाल आए तर नेपाली नेताले भारतीयसंग डराएर त्यति महत्त्व दिएनन।
चिनियाँ विदेश मन्त्रीको भ्रमणबाट डराएको भारतले नेपालका वर्तमान प्रधानमन्त्रीबाट चीनको चहाना के छ भनेर फोन वार्ता भन्दा भेटेर नै कुरा गरौ भनेर भारतीय राष्ट्रिय सल्लाहकार र भारतीय “रअ” प्रमुख सामन्त गोयलको सर सल्लाह बमोजिम देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुतको रूपमा देउवालाई भार भ्रमणको अौपचारिक निमंत्रणा गरेका हुन र यसमा रेल उद्धाटन, पेट्रोलियम पदार्थको सहजीकरण लगायतका बिषयमा केन्द्रीकृत भ्रमणको विज्ञापन गरिएको हो।
यी बिषषसारलाई मिलाउन प्रधानमन्त्री देउवा “रअ” का प्रमुखलाई भेटन बनारस सम्म पुगेका हुन। यो भ्रमणको अर्थ राष्ट्रिय राज्यकोषको दोहन उपलब्धि शुन्य छ। यसको मतलव भारतलाई दोष दिन खोजिएको होइन भारत र नेपालको सांस्कृतिक ,आर्थिक ,व्यापार ,रोटी बेटीको सम्बन्ध छ तर हाम्रा देशका नेता र स्वयं प्रधानमन्त्रीको सान मान र मर्यादा प्रटुगल भएन। देशको प्रधानमन्त्री भारत जाँदा एउटा सामान्य मन्त्रीले एयरपोर्टमा रिसिभ गर्छ। यो हेपाहपारा हैन र समकक्षी प्रधानमन्त्री जादाँ प्रधानमन्त्रीलाई स्वागत गर्न प्रधानमन्त्री नै आउने होइन र !
यसरी नेपाल र नेपालीको मान मर्यादा समाप्त पारेका छन। देशका नेतृत्वले । पटकपटक प्रधानमन्त्री भएका देश र नागरिकको सम्मानमा चुकेका नेतृत्वबाट देश किमार्थ बिकास सम्मृद्ध बन्दैन। अब देशमा आमूल परिवर्तन र युवा शक्ति बिशेषगरी देशको राजनितिमा आउन जरुरी छ। हैन भने हामी र हाम्रो पहिचान समाप्त हुने निश्चित छ।
राजनीतिक बिष्लेषक कृष्ण प्रसाद शर्मा पन्थी। जय मातृभूमि नेपाल ।।
May be an image of 1 person, standing, sunglasses and sky
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button