स्वार्थपरक राजनीतिले देश बन्दैन: कृष्ण प्रसाद शर्मा पन्थी

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी नामाकरणमा फेर बदल गर्नु दुरगामी असर पर्छ। नेतृत्वलाई र पार्टीपंक्तिलाई गंभीर हुन ध्यानाकर्षण । देशका ठुल्ठुला राजनीतिक पार्टीले आफ्नो विधान नीति र जनतालाई दिएको मेनडेट विपरीत काम गरेका र गणतन्त्रको परिभाषा समेत नबुझेका कारण देशको अवश्था यहाँ सम्म पुर्याएको र दिल्लीमा लगी देशको सार्वभौमसत्ता समेत विधिवत बुझाएर देशको नक्शा नै फेर्ने काममा दत्तचित्त भएर लागेका छन।
देशको धर्म संस्कृति ,सभ्यता र इतिहास समेतलाई दाऊमा राखेर देशलाई खन्जड बनाएका छन। सम्पन्नता तर्फ उन्मुख हुन लागेको देशलाई हिरकाङ्गाल र लिलाम गरेकै कारण जनताले देशको सुरक्षा र रक्षार्थ जनताले विकल्प खोजेका र राप्रपा भन्दापनि राजेन्द्र लिङ्गदेनलाई रोजेका र समर्थन गरेका हुन।
कुनै पार्टी र नेतृत्व वा व्यक्ति स्वार्थ र माग सहित पार्टी प्रवेशमा आउनेहरूमा राष्ट्रिय स्वार्थ भन्दा आफ्नो स्वार्थ लुकेको हुन्छ। यस्ता बिषयसारमा संवेदनशील हुन मेरो ध्यानाकर्षण रहेको छ।
अन्य पार्टी र व्यक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउनु स्वागतयोग्य बिषय हो र साथमा रहेर सहकार्य गर्नु साथसाथै अगाडि बढनु राम्रो पक्ष हो र यसमा अन्य पार्टी आउदा सम्मान गर्नु राम्रो पक्ष हो तर पार्टीको नाम फेर्ने, चिन्ह पेर्ने जस्ता काम नगर्न नेतृत्वपंक्तिमा मेरो ध्यानाकर्षण छ।
यस्ता काममा एकल निर्णय गर्नु वर्तमान जन समर्थनबाट अझै नम्र र विनयशीलता र जवाफदेही भएर अगाडि बढन र हतारमा कुनैपनि निर्णय नलिन ध्यानाकर्षण सहित पार्टी नेतृत्व र पार्टीपंक्तिमा मेरो सुझाव रहेको छ। जय मातृभूमि ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button