
सतीले सरापेको देशमा भलो चाहाने व्यक्तिको सम्मान हुदैन
देशको कालखण्डमा र इतिहासको समीक्षा गर्दा जो जस्ले मुलुक माटो र जनताको हितकालागि प्राण दिए बलिदानी भए ति वीर सपुतहरूको न सम्मान भयो न देशका सबै सरकारले यसका वारेमा सोचे। देशका वीर पुरूष भीमसेन थापाले देशका खातिर आफ्नो जीवन बलिदान दिए अन्त्यमा हत्याको बनावटी वरदात वनाइ जेलमा हाले।
यहाँ सम्म कि भिमसेन थापाका श्रीमतीलाई खुलेआम सार्वजनिक रूपमा नङ्न वनाएर वेइज्यत गर्ने भएपछि जेलमा उनले आत्महत्या गर्न बाध्य बनाइयो र उनले आत्महत्याको प्रयास गरे तर सफल हुन सकेन दोस्रो पटक हत्याको आरोपमा थुनामा पारे जालसाजी गरेर र जेलबाट निकाली वागमती नदी किनारमा उनलाई घाइते बनाइ फालिएको थियो जिवितै अवश्थामा भीमसेन थापाको लासलाइ गिद्ध ,कुकुर र स्यालले खाएको इतिहास बोकेको देश नेपाल हो!!
भिमसेन थापाले ३१ बर्ष सम्म प्रधानमन्त्री बनेर देशको शासन व्यवस्था चलाए बेलायतसंग पटकपटक युद्ध गरेर देशलाई बचाए तर देशका शासकले यस्ता महान सपुतको कसरी हत्या गराए कहालीलाग्दो इतिहास र वर्तमान देशको अवश्था र व्यवस्थाप्रति अति नै भावविह्वल हुन बाध्य गराउछ, यसरी गराईयो र भीमसेन थापाका हत्या निजका श्रीमती द्वयले सती जानु पर्यो।
काजी भिम मल्लकी श्रीमती भुवन लक्ष्मी मल्लले आफ्ना श्रीमानलाई छल ,कपट, जालझेलबाट भिम मल्लको शीर काटेर हत्या गरि मारेकोमा आफ्ना श्रीमान संगै सती जाँदा चिताबाट चिच्याएर भनेकी थिईन कि यो देशमा भलो गर्नेको कहिलेपनि भलो नहोस भनेर सराप दिएकी थिइन। त्यहीँ समयदेखि यो प्रचलनमा आएको हो नेपाल सतीले सरापेको देश भनेर। राजा प्रताप मल्लले षड्यन्त्रको वास्तविकता बुझेनन र देशभक्त सेनापती जस्ले तिब्बत संग लडेर नेपालको हकमा राम्रो सन्धि र सम्झौतागरी देशको सम्मान र बिजय र बहादुरीको मिसाइल छाडेका थिए ।
भिम मल्ल कि श्रीमतीले सराप दिएकी थिइन कि जसले यश देशमा भलो गर्छ उसको कहिलेपनि कल्याण नहोस भनेर त्यसैकारण नेपाललाई सतीले सरापेको देश भनेर भन्ने प्रचलन चलेको हो।
देशमा यस्तै भएको छ। जसले देश बनायो न उसको सम्मान छ न प्रतिष्ठा र पुजा यसको उदाहरण राजा पृथ्वीनारायण शाह ,राजा महेन्द्र , राजा वीरेन्द्र , मदन भन्डारी र जिवराज आश्रित लगायतका दर्जनौं सपुतहरूको न सम्मान न प्रतिष्ठा छ। यस्ता देशका महान पुरूषको अपमान भएको छ।
पृथ्वीनारायण शाहका तस्बिर फोडिन्छन। देशको झन्डा जलाइन्छन। देशको सान र मानको रूपमा रहेका विश्वकै शान्तिका अग्रदुत भगवान गौतम बुद्धको मूर्ति तोडफोड गरिन्छ मातृभूमिको समेत राष्ट्र र राष्ट्रिय नेतृत्वले सम्मान नगरेको अवश्था छ। देशको वर्तमान राजनीति अपराधीकरण तर्फ उन्मुख छ। देशका राष्ट्रघाती सोच भएका विदेशीका दलालहरूको वर्चस्व छ।
नेपाली राजनीतिमा जान र पैसा कमाउन न योग्यता चाहिन्छ न क्षमता नै एउटा हुल्लडबाजी गर्ने छदमभेषी दलालले मात्र स्थान पाउँछन। हरेक पार्टीका नेतृत्वले आफ्नो नातावाद ,कृपावाद, फरियावाद, कोशेलीवाद, विदेशीवादबाट स्थान पाउछन। नेपालमा न जातिय वेभेदबाटमुक्त छ समाज न राष्ट्रवादी चिन्तन भएको व्यक्ति र नेतृत्व जो छ र जसबाट समाज र देशले आशा राखेको छ त्यस्ता व्यक्ति र नेतृत्वमा स्वनिर्णय र संतुलन र राजनीतिको ज्ञान र अडान छैन। आसेपासे भरौटेले जे भन्छन त्यही सुगा रटाईमा रटानमा लागिरहेका छन। जसरी सुगालाई पढाइन्छ गोपी कृष्ण कहो पट्टु भनेर।
जब सम्म कुनैपनि नेता वा नेतृत्व अरूको पराधीनतामा आफ्नो भविष्य ठान्छ र स्वविवेकीय निर्णय र निष्ठा राख्न सक्दैन त्यस्ता नेताबाट कालान्तरमा केही हुन सक्दैन। देशमा अरूको दिमाग सापट लिएर बोल्ने, आफ्नो स्वविवेकको दिमागी ताल्चा खोल्दैन तब सम्म यहाँ केही हुनेवाला छैन। जति जोगी आए कानै चिरेका वाहेक अन्य उपलब्धि शून्य नै हुन्छ। देशको प्रधानमन्त्रीको विवेक शुन्यताका कारण MCC ले मान्यता पायौं । प्रतिपक्षको लाचारीपन र भाइफुटे गवार लुटेका कारण देशका कुनै र कसैले जनहीत र राष्ट्रहीतमा काम गर्न सकेनन। भीम रावल बोले, चित्र बहादुर केसी बोले, नारायणमान बिजुच्छे बोली तर त्यो बोलीको न कदर भयो न कार्यान्वयन ? जनता सडकमा चिच्याउनुलेपनि कुनै अर्थ राखेन सबै मिले देश अमेरिकी सैन्य अखडा स्थापित गरेरै छाडे।
देशका महान राजा महेन्द्रले राष्ट्रिय रूपमा तमाम विकाश गरे आज त्यस्ता राजा महेन्द्रको सम्मान त परै जावोस महेन्द्रका मूर्ति फोडे र सडकका -यालिङ सम्म भाँचे। पृथ्वीनारायण शाहको पृथ्वी जयन्तीमा एउटा सार्वजनिक विदा समेतदिने सरकारले आँट गरेन। देशमा विकाश होला भनेर जनयुद्ध र जन आन्दोलन भए ती सबै विदेशी डिजाइनमा भएका थिए नेता मोटाए जनताका छोराछोरीले अनाहकमा ज्यान गुमाए। न नेता मरे, न नेताका सन्तति ? राजा वीरेन्द्रले भुटानीकरण स्वीकार गरेनन र MCC जस्ता राष्ट्रघाती सम्झौता स्वीकार गरेनन स्वदेशी नेता र सि. आई. ए. र “रअ “को डिजाइनमा मृत्यु रोज्न बाध्य भए। मदन भन्डनरीले महाकाली सन्धि गर्न असमर्थन जनाए उनलाई पनि हत्या गरेर मारे।
देशका सबै पार्टीका उच्च नेतृत्वहरू देश र जनताका शासक भएनन विदेशी अनुकुल शासन चलाउने विदेशीका व्यवस्थापक भए जसका कारण देश रोइरहेको छ। राजा ज्ञानेन्द्रले चरम उत्कर्षमा पुगेको मावोवादी द्वन्द्व कालमा ५ बर्ष राज्य सत्ता चलाए तर जहा जहा राम्रो गरे त्यहाँ त्यहा बिकाश निर्माण ठप्प पारेको इतिहास साक्षी छ। पार्टीका शीर्ष नेतृत्व देशकालागि टिकाउ भएनन विकाउ भए। आज पार्टीमा अनपढ, गवार, मतिहीन, लक्ष्य विहिन जथाभावी जथ्था खडागरी न जस्को सबल इतिहास छ, न शिक्षा छ, लठैतहरूको जत्थाबाट लाचार भएका छन पार्टी अध्यक्ष र सभापतिहरू उदाहरण देशका युवा नेता गगन कुमार थापा र उनले देशकालागि गरेका विगत र वर्तमानका कर्म र अभ्यास व्याख्यात्मक टिप्पणी। देशमा जब सम्म देशको वैकल्पिक शक्तिको रूपमा एउटा पृथक जंग बहादुर जन्मदैन तब सम्म देश रहदैन। समयमा जनताले देशप्रति जिम्मेवार भएर अगाडि नबढे ।
हजारौंको संख्यामा भेडा पाल्नु भन्दा एउटामात्र शेर पालौ जसले हाम्रो र देशको सुरक्षा गर्छ। अब देशलाई बचाउने हो भने राजतन्त्रको स्थापना नगरी देश रहदैन ! नेपाल सतीले श्रापेको देश हो भनी पुरपुरोमा हात राखेर पछुताउने शिवाय केही हुनेवाला छैन। बुझनेलाइ सुनको माला नबुझ्नेलाई मरेको बूढो भैसकेको छाला।।
स्वतन्त्र राजनीतिक बिष्लेषक कृष्ण प्रसाद शर्मा पन्थी। जय मातृभूमि नेपाल ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



