एकैपल्ट १० सन्तान जन्माएको भनिएकी दक्षिण अफ्रिकी महिला गर्भवतीसमेत नभएको पुष्टि

दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ। खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो।

स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको थियो।

ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ। विज्ञप्तिमा झुट्टा समाचार दिनुको कारणबारे भने खुलाइएको छैन।

प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो।

आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो।

उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा उनले बच्चा जन्माएको उल्लेख गरेको थियो। प्रिटोरियाका स्वास्थ्यकर्मीहरूको तयारी कमजोर रहेको भन्दै उसले अस्पताल र स्वास्थ्य अधिकारीहरूले आफ्नो लापरबाही ढाक्न खोजेको उल्लेख गरेको थियो।

पछिल्लो विज्ञप्तिमा भनिएको छ, “यी आरोपहरू झुट्टा, अप्रमाणित र स्टिभ बिको एकेडेमिक हस्पिटलको राम्रो छवि धमिल्याउने उद्देश्यले आएका हुन्।” प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध कानुनी कारबाही गरिने पनि विज्ञप्तिमा भनिएको छ। सिथोले आफ्ना जोडी टेबोहो सोतेत्सी र ६ वर्षमा जुम्ल्याहाहरूसँगै जोहानेसवर्ग नजिकै पर्ने खाउटेङ् प्रान्तको थेम्बिसामा बस्दै आएकी छन्।

आइओएल अनलाइनका अनुसार रामपेडी जाने गिर्जाघरमा उनीहरू पनि प्रार्थनाका लागि जान्छन् र डिसेम्बरमा उनीहरूको चिनजान भएको थियो। मे महिनामा उनले उक्त जोडीको अन्तरवार्ता लिएको र त्यसमा उनीहरूले आठ जना बच्चा अपेक्षा गरिरहेको बताएको दाबी गरिएको छ।

एउटा फोटोमा सिथोलेको गर्भ एकदमै ठूलो देखिन्छ। प्रिटोरिया न्यूजले जुन ८ मा १० जना बच्चाको आश्चर्यजनक जन्मबारेको खबर प्रकाशन गरेको थियो जसमा सोतेत्सीलाई श्रोत उल्लेख गरिएको थियो।

पछि सोतेत्सीले सिथोलेबाट त्यस्तो सन्देश पाएको बताएका थिए। उनले कोरोनाभाइरसको निषेधाज्ञाका कारण आफूलाई अस्पताल जान नदिइएको उल्लेख गरेका थिए।

रामपेडीले ह्वाट्सएप सन्देशलाई आधार मानेका थिए र अस्पतालबाट स्वतन्त्र पुष्टि गराएका थिएनन्। स्थानीय मेयरले पछि त्यसरी बच्चाहरू जन्मिएको पुष्टि गरेका थिए। तर सरकारी प्रवक्ताले पछि स्थानीय नेताले परिवारको कुरा मात्रै सुनेको र कसैले पनि बच्चा नदेखेको बताएका थिए।

त्यसपछि उक्त जोडी र बच्चाहरूका लागि चन्दा र सहयोगको लहर देखा परेको थियो। तर प्रिटोरिया न्यूजले प्रारम्भिक रूपमा कुन अस्पतालमा ती बच्चाहरूको जन्म भयो भन्ने पुष्टि गर्न नसकेपछि आशङ्काहरू उत्पन्न भएका थियो। र खाउटेङ्स्थित कैयौँ अस्पतालहरूले ‌त्यस्तो घटना नभएको बताएका थियो ।

त्यसपछि सोतेत्सीले सिथोले बेपत्ता भएको उल्लेख गर्दै सहयोग रोक्न आग्रह गरेका विवरण आएका थियो।

सिथोलेले चाहिँ बच्चाहरूबाट आर्थिक लाभ लिन चाहेको आरोप उनीमाथि लगाएको प्रिटोरिया न्यूजले छापेको थियो। पछि सामाजिक कार्यकर्ताहरूले सिथोलेलाई फेला पारेका थिए र उनलाई शुक्रवार जाँचका लागि अस्पताल भर्ना गरिएको छ।

न्यूज ट्वेन्टी फोरले देखेको भनिएको एउटा चुहिएको मेमोमा रामपेडीले आइओएलसँग उसको ‘प्रतिष्ठामा आँच पुर्‍याएको’ भन्दै माफी मागेको जनाइएको छ। उनले उक्त समाचारलाई ‘राम्रो अनुभूति दिलाउने’ समाचार भन्दा खोज समाचारका रूपमा आफूले हेरेको भए हुने धारणा राखेका भनिएको छ। बीबीसी

रोनाल्डो गर्भमा हुँदा आमाले गर्भपतन गर्न गरि फाल्न चाहन्थिन् तर यसरि भाग्यले बचेका थिए रोनाल्डो

क्रिस्टियानो रोनाल्डो जन्म: ५ फेब्रुअरी १९८५ मा भएको थियो । पुर्तुगालको राष्ट्रिय फुटबल टोली तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन्।

उनी पुर्तुगाल राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी’ ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए।

उनले पाँच पटक बेलन डि’ओर जितिसकेका छन्। उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ।

उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ। उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। रोनाल्डोले पुर्तुगाल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरु खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधीको रूपमा युइएफए युरो २०१६ जिताएका थिए।

उनी पुर्तुगालको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन्। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमश: सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए।

स्पोर्तिङ सेपेबाट क्लब खेल जीवन आरम्भ गरेका रोनाल्डोले आफ्नो उत्पादनशिल समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा दिएर लिग, च्याम्पियन्स लिग लगायत विभिन्न पुरस्कारहरू जितेका छन् भने धेरै किर्तिमानहरू पनि बनाएका छन्।

त्यस्तै पुर्तुगालको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पुर्तुगाल, युरोप, र विश्व फुटबलमा विभिन्न किर्तिमानहरू छन्।

रोनाल्डो १६ वर्षको हुँदा उनको ड्रिबलिङ (विपक्षीलाई छक्याएर बल अगाडि बढाउने) क्षमताबाट प्रभावित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टोलीबाट मुख्य टोलीमा बढुवा गरेका थिए। उनी एकै सिजनमा क्लबको १६ वर्ष मुनिको उमेर समूह, १७ वर्ष मुनिको उमेर समूह, १८ वर्ष मुनिको उमेर समूह, बी टिम र मुख्य टोलीबाट खेल्ने पहिलो खेलाडी बने।

सन २००२ अक्टोबर ७ मा उनले पोर्चुगलको प्रिमियर लिगाको पहिलो खेलमा दुई गोल गरे जुन खेलमा उनको टिम ३-० ले विजयी भयो। स्पोर्टिङ र म्यानचेस्टर युनाइटेडबिच सन् २००३ अगस्टमा लिस्बनमा भएको खेलमा युनाइटेड ३-१ ले पराजित हुँदा युनाइटेडका खेलाडीहरू र प्रशिक्षक सर एलेक्स फर्गुसन रोनाल्डोको खेल कौशलबाट अत्याधिक प्रभावित भए।

यही खेलले रोनाल्डोलाई युनाइटेडमा स्थानान्तरण गराउन मुख्य भूमिका खेल्यो। फर्गुसनले त्यतिबेला रोनाल्डोलाई आफूले जीवनमा भेटेका सर्वोत्कृष्ट युवा खेलाडीमध्ये एक भनेका थिए। रोनाल्डो स्पोर्टिङबाट बाहिरिएको एक दशक पछि सन् २०१३ अप्रिलमा क्लबले उनलाई क्लबको १००,०००औँ सदस्य बनाएर सम्मान गरेको छ।

३६ वर्षे उमेरमा असम्भव ठानिने सन्तुलित राखिएको कम्मर, सुगठित शरीर, कम्युनिस्ट नेताको मूर्तिजस्तै बलिया मांसपेसीहरु, बास्केटबलका स्टार खेलाडी झै उफ्राई, अल्ट्रा म्याराथन धावकको जस्तै मुटु र बायाब्यान्ड गायकको जस्तै हेराइ। क्रिस्टियानो रोनाल्डोले शरीरका माध्यमबाट आफ्नो परिचय दिने गर्छन्।

जुन उनले व्यक्तिगत मिहिनेतमा तयार पारेको सम्पत्ति हो। भगवानले उनको फुटबल प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई बनायो तर रोनाल्डो यस उमेरमा पनि आफैँलाई फिट राख्नमा गर्व गर्छन्।

यिनै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानलाई बराबरी गरेका छन् । युरोपेली च्याम्पियनसिप अन्तरगत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका हुन् ।

उनले फ्रान्सविरुद्ध दुवै गोल पेनाल्टीमा गर्दै टोलीलाई २-२ को बराबरीसम्म पुर्याएका थिए ।

मदिरियन टापुमा एक गरिब परिवारमा रोनाल्डोको जन्म भएको थियो। त्यस गरिबीको परिधिभित्र उनको परिवार निकै कष्ट झेलिरहेको थियो। परिवारका उनीअघि तीन सन्तान थिए। सोही कारण उनकी आमा ग’र्भप’तन गराउन चाहन्थिन्।

तर १९८५ मा पोर्चुगलको कानुनले त्यसको अनुमति दिएन। जसकारण रोनाल्डोले संसार देख्न पाए। अंगोलन यु’द्धका अनुभवी उनका बुबा दिनभर मदिरामा टिल भएर बस्थे।

यिनै ग’र्भ’पतन गराउन खोजिएका रोनाल्डोले आफ्नो अस्तित्वको ल’डाइँका लागि बच्चैदेखि संघर्ष गर्नुपर्यो। उनको लवजका कारण लिस्बनको स्पोर्टिङ एकेडेमीमा उनलाई जिस्क्याइन्थ्यो।

१८ वर्षको उमेरमा यही प्रतिभावान् बालक इंग्ल्याण्डकाे चर्चित क्लब म्यानचेस्टर युनाइडेटसँग अनुबन्धित भए। २००४ मा उनले पहिलोपल्ट युरोकप खेलेका थिए।
त्यसबेला पोर्चुगल फाइनलमा पराजित भए पनि रोनाल्डोले आफूलाई भने अझै अब्बल बनाइरहेका थिए।

आफ्नो खेलको विश्लेषण गर्ने क्षमतायुक्त रोनाल्डोले आफ्नो बलियो पक्ष खुट्याइसकेका थिए। त्यो उनको स्टेप ओभर (बल नछोइकन खुट्टाले विपक्षीलाई झुक्याउने कला) हो। जसले उनलाई विश्वकै सर्वोश्रेष्ठ खेलाडी बनायो।

त्यसबाहेक उनीसँग उत्कृष्ट दौडिने, ट्याकल गर्ने, फ्रिकिक प्र’हार गर्ने क्षमता थिएन। तर स्टेप ओभर आफ्नो बलियो पक्ष रहेको बुझेका उनले दैनिक रूपमा त्यसको अभ्यास गर्दै आफूलाई तिखार्थे।

सुरुवातमा पातलो शरीरका रोनाल्डोलाई कसैले पनि यति लामो करिअरमा अघि बढ्लान् भन्ने सोचेकै थिएनन। तर उनी ४५ सेकेन्डमा १४२ सेटअप (व्यायाम) गर्थे, छुट्टीका दिन पनि व्यायाम गर्दै उनले आफ्नो शरीरलाई कसिलो र लोभलाग्दो बनाए।

पोर्चुगल इन्स्टिच्युट फर इन्टरनेसनल रिलेसन एण्ड सेक्युरिटीकी एक राजनैतिक वैज्ञानिक राकेल वाज–पिन्टो भन्छिन्, ‘आर्थिक संकटबाट पोर्चुगल छाड्नेहरुका लागि रोनाल्डो रोल मोडल बनेका छन्।

यदि तपाईंसँग प्रतिभा, महत्त्वाकांक्षा छ र तपाईं त्याग गर्न सक्नुहुन्छ भने तपाईं सफल बन्नुहुन्छ भन्ने उदाहरण रोनाल्डोले प्रस्तुत गरेका छन्।’

बायाँ घुँडामा लागेको चोटका कारण २०१४ मा रोनाल्डोको करिअर दाउमा लागेको थियो। त्यसबेला उनले अलराउण्डरबाट आफूलाई स्कोरिङ सेन्टर फरवार्डमा बदल्दै चतुर्याइँ देखाए।

त्यसपछि रोनाल्डो गोलअघि एक प्रहार गर्छन्। त्यसबाहेक बलको जिम्मेवारी भने आफ्ना साथीहरुलाई छोडिदिन्छन्। युरो २०१६ मा रोनाल्डोले पोर्चुगललाई पहिलोपटक कुनै मुख्य प्रतियोगिताको फाइनलमा पुर्याएका थिए। तर विडम्बना फाइनलमा रोनाल्डो २५औँ मिनेटमा घाइते हुँदै मैदान छाड्नुपर्यो।

तर उनी चुपचाप बेन्चमा बसेनन्। यसरी सक्रिय थिए कि टचलाइनमा रहेका प्रशिक्षक नै उनका अघि फिक्का देखिए। पोर्चुगलले फ्रान्सलाई हराउँदै उपाधि पनि जित्यो। उक्त ट्रफीलाई रोनाल्डोले आफ्नो करिअरकै यादगार क्षणका रुपमा चित्रित गर्ने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button