विवाह भएको चार दिन पछि वेहुलीले त्यस्तो के भनिन्, बेहुला छागाबाट खसे जस्तै भए !

एजेन्सी । करिब १० लाख रुपैया खर्च गरेर विवाह गरेपछि बेहुलीले फोन गरेर म त तपाईको श्रीमती होइन ज ब रज स्ती विवाह गराइएको हो भन्दा वेहुलालाई कस्तो भयो होला ? विवाह गराउने दलालले एउटा केटी देखाएर अर्कै केटीसंग विवाह गराइदिएको रहस्य खुलेको छ । यो घटना भारत राजस्थानमा भएको हो ।

विवाह भएको चार दिन पछि माइत गएकी बेहुलीले फोन गरेर श्रीमानलाई तपाई माथि ठूलो धोका भयो भन्दै सुनाइन् । भोजमा रोटी पकाउन भनेर मलाई बोलाइएको थियो तपाईसंग जबरजस्ती विवाह गराइयो ।

राजस्थानका उम्मेद सिंह माथि यस्तो घटना भएको हो । विवाहका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । उनलाई बिचौलिया गंगा सिंहले विवाहको ब्यवस्था मिलाएका थिए ।

केटीको माइती पक्ष आर्थिक रुपले कमजोर छन् उता तिरको विवाहको खर्च पनि तिमीले नै गर्नुपर्छ भनेर उनले उम्मेदसंग उल्दै साडे ३ लाख रुपैया पनि लिएका थिए । अहिले उनी न्यायका लागि प्रहरी कार्यालय गरेका छन् ।

प्रहरीलाई बताए अनुसार करिब २० दिन अघि गंगा सिंह विवाहको लागि भन्दै उनको घरमा आएका थिए ।

गंगा सिंहले भने कि मेरो सम्बन्धमा केटी छ, म तिमीलाई विवाह गराइदिन्छु । उनलाई हुनेवाला बेहुली भन्दै पिन्कू कभरलाई देखाइयो । पिन्कुसंग उनको एंगेजमेन्ट भयो ।

पछि उम्मेद सिंहसंग गंगाले भने केटीको बुबाको आर्थिक अवस्था ठीक छैन, तपाईले विवाहको लागि खर्च गर्नुपर्नेछ र केटीको बुबालाई साढे ३ लाख दिनुपर्छ ।

विवाहको खुसीमा रमाएका उनले त्यो पैसा पनि दिए । डिसेम्बर ११ मा, उनलाई जन्ती लिएर आउन भनियो । उनलाई विवाहका बारेमा अरु कसैलाई नभन्न भनिएको थियो ।

उनले कुनै आफन्तलाई यसबारे जानकारी दिएन। डिसेम्बर ११ को साँझ उम्मेद सिंह केही साथीलाई जन्ती लिएर गए । तर गंगाले युवतीको माइतीमा कसैको निधन भएका कारण केही दिन पर्खन भने ।

त्यसपछि गंगा सिंहले उनलाई आफ्नै गाउँ मंगलोडमा जन्ती लिएर आउनु भनेर बोलाए । त्यहाँ फेरी गंगा सिंहले एक लाख पचास हजार रुपैया लिए र विवाह गराइदिए ।

विवाहको २ दिन पछि दुलही गंगा सिंह कान्तालाई ससुरालामा लिन आए । त्यसको दुई दिन पछि वेहुली माइत फर्किइन् । बेहुलीलाई उनले मोवाइल दिएर माइत पठाए । डिसेम्बर १ को दिन, उही मोबाइलबाट कान्तिले दुलहा उम्मेद सिंहलाई फोन गरीन् र भनिन् ‘म कान्ता हुँ। तिमीलाई धोका भएको छ।

म विवाह भोजमा रोटी पकाउने काम गर्छु । मलाई त्यही भनेर तपाईको विवाहमा बोलाइएको थियो । तर जबरजस्ती विवाह गराइयो ।’ उम्मेद सिंहले अब जोधपुर जिल्लाको मातोदा पुलिस स्टेशनमा बिचौलिए गंगासिंहको विरुद्ध उजुरी दिएका छन् ।

आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन लागेपछि केटि बनेर विवाह मण्डपमै प्रेमिका भगाउन लाग्दा …..

मायामा परेका जोडीहरुलाई एक अर्कालाई भेट्ने चाहना हुनु स्वभावीक हो । एकअर्कासंग रमाइलो समय विताउने उद्देश्यले एक युवकले अपनाएको उपाय अहिले भाइरल भएको छ ।

भारतको उत्तर प्रदेशमा हालै आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्न केटी बनेर गए ।

विवाह स्थलमा केटी बनेर गएका उनी त्यहाँ पक्राउ परे । उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा भएको यो घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए । काँधमा लेडिज ब्याग भिरेका थिए । उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।

उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छेलाई शंका लाग्यो ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरूले उनलाई समातिहाले । जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत ह टा इयो तब सबैजना तीनछक परे ।

उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । वाहिर दुई जना साथी मोटरसाइकल लिएर तयारी अवस्थामा रहेछन् उनी त्यही मोटरसाइकलमा बसेर गए ।

दाजु रोजगारीको लागि बाहिर, घरमा बुवाको निधन भएपछि मृत्यु पछि सन्तानले गर्नुपर्ने सबै संस्कार आफैले गरिन

तीन सन्तान मध्य दाजु रोजगारीका लागि भारत गएका उतै हराए । घरमा दिदी बहिनी मात्र थिए । त्यसैवेला बुवाको निधन भयो । दाई पनि नभए पछि बुवाको धार्मिक संस्कार पुरा गर्ने दायीत्व छोरीले लिइन् ।

हिन्दू धार्मिक मान्यता र संस्कारमा बुवा आमाको अन्तिम संस्कार र किरिया गर्ने काम छोराको हो भनिन्छ ।

तर उदयपुर कटारी नगरपालिका वार्ड नम्बर ५ बरमझियाका बलबहादुर थापा मगरकी छोरीले भने त्यो परम्परा तोडिदिएकी छन् । दाजु नभए पछि उनले बुवा बलरामको मृत्यु पछि सन्तानले गर्नुपर्ने सबै संस्कार उनले गरिन् ।

उनले बुवाको पार्थिव शरिरलाई काँध दिएर घाट सम्म लगिन् । दागवत्ती दिइन् र किरिया पनि बसेकी हुन् । वुवाको शरिरलाई काँध दिएर घाट लैजाने १४ वर्षीया भगवतीले सबै संस्कार गरेकी हुन् ।

अहिले उनी किरियापुत्री बसेकी छन् । उनको यो कामले छोरा नै चाहिन्छ भन्ने रुढीवादी समाजलाई राम्रो उदाहरण मिलेको छ । सन्तान सबै बराबर हो दायीत्व छोरीले पनि निभाउँछन् भन्ने उदाहरण भगवतीले दिएकी छन् ।

मगरका एक छोरा र दुई छोरीमध्ये भगवती जेठी हुन् । मृतकका जेठा छोरा ५ वर्षअघि कामको खोजीमा भारतको कोइलाखात गएपछि फर्केर आएका छैनन् ।

बुवाको मृत्यु पछि भगवतीलाई पारिवारिक दायित्व पनि थपिएको छ । परिवारका अन्य सदस्यको भरणपोषण गर्ने आर्थिक दायित्व उनीमाथि थपिएको छ ।

दुःखको यो बेला उनको परिवारलाई सहयोग र सहानुभूतिको मात्रै होइन हौसला दिनेको पनि खाँचो रहेको पत्रकार रेणुका पराजुलीले बताइन् । उनले भगवतीको प्रशंसा गर्दै लेखेकी छन्,‘सामाजिक क्रान्तिको उदाहरण’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button