चितामा जलाउन ठिक्क पारिएको शवबाट आयो ‘ॐ ॐ’को आवाज, अनि श्वास फेर्दै उठ्यो लास!

नयाँ दिल्ली – कहिलेकाही अपत्यारिलो घटना हुन्छ। त्यो पनि यति अपत्यारिलो कि, जो कसैलाई एकछिन सोच्न बाध्य बनाउँछ। भारतमा एउटा यस्तै घटना अहिले ट्रेन्डिङमा छ।

भारतको मध्यप्रदेशस्थित अशोकनगर जिल्लामा रहेको मुक्तिधाममा घटेको घटना हो यो। तस्वीरमा देखिएजस्तै चितामा चढाइएको एक युवकको शव चिताबाट उठ्यो।

‘ॐ ॐ’ आवाज निकाल्दै शव उठेपछि त्यहाँ रहेका मानिस आत्तिए। केहीले उनलाई सम्हाल्न थाले। अशोनगरका अनिल जैनको मृत्यु भएको घोषणा डाक्टरले गरेपछि उनलाई मुक्तिधामस्थित आर्यघाट लगिएको थियो।

भारतीय टेलिभिजन आजतकका अनुसार जैनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल लगिएको १५ दिनपछि डाक्टरले मृ त घो षित गरे।

त्यसपछि आ र्य घाटमा लगेर चितामा चढाइएको थियो। समाचारमा भनिएको छ, ‘जैनका परिवारका सदस्यले उनको मृत्यु भएको कुरा स्वीकार गरेका थिएनन्।’

त्यसपछि पुनः उनलाई जिल्ला अस्पताल लगिएको समाचारमा उल्लेख छ। त्यहाँका चिकित्सकले पनि जैनको मृत्यु भएको बताएपछि अन्तेष्टि गरिएको छ। परिवारका सदस्यले अस्पताल प्रशासनमाथि जीवित मान्छेलाई मृ त घो षि त गरेको आ रोप लगाउँदै क्ष ति पूर्ति र न्यायको माग गरेका छन्।

एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएपछी पछि डाक्टर नै चकित, विश्वभर बन्यो भाइरल

एकजना बांग्लादेशी महिलाले समयअगावै एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी उनका चिकित्सकले बीबीसीलाई बताएका छन्। बीस वर्षीया आरिफा सुल्तानाले गत फेब्रुअरीको अन्त्यतिर एक छोरालाई जन्म दिएकी थिइन्।

त्यसको २६ दिनपछि उनलाई पेट दुखेपछि हतारहतार अर्को अस्पतालमा लगिएको थियो। त्यहाँ चिकित्सकहरूले उनको दुईवटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको देखेपछि आकस्मिक सिजेरिएन शल्यक्रिया गरेका थिए।

त्यसरी जन्मेका जुम्ल्याहा बच्चाहरू स्वस्थ रहेका र तिनीहरूलाई अस्पतालबाट घर पठाइसकिएको छ। बांग्लादेशको ग्रामिण क्षेत्रकी आरिफा सुल्तानाले उनको पहिलो बच्चा खुल्ना जिल्लास्थित खुल्ना मेडिकल कलेज अस्पतालमा जन्माएकी थिइन्।

त्यसको २६ दिनपछि नै उनलाई पेट दुखेपछि जेसोर जिल्लास्थित अद्दीन अस्पतालमा लगिएको थियो।

“जब बिरामीलाई ल्याइयो हामीले उनको अल्ट्रासाउण्ड परीक्षण गर्‍यौँ र उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा पायौँ,” उनको उपचार गरेकी स्त्रीरोग विशेषज्ञ डा. शीला पोद्दारले बीबीसीलाई बताइन्। उनले भनिन्, “यो घटनाबाट हामी एकदमै स्तब्ध र आश्चर्यचकित भएका छौँ। मैले यसअघि यस्तो घटना कहिल्यै देखेको थिइनँ।”

आरिफा सुल्ताना र उनका पति एकदमै गरिब भएकाले उनी गर्भवती भएका बेलामा पनि पहिले अल्ट्रासाउण्ड परीक्षण गरिएको थिएन। सुत्केरी आमा र जुम्ल्याहा बच्चाहरूलाई चार दिनको अस्पताल बसाइपछि मार्च २५ तारिखमा घर पठाइएको थियो।

सिंगापुरस्थित एकजना स्त्रीरोग विशेषज्ञका अनुसार महिलामा “दुईवटा पाठेघर हुने अवस्था मानिसहरूले सोचेजस्तो दुर्लभ भने होइन।”

“यदि पहिले नै गर्भवती अवस्थामा अल्ट्रासाउण्ड परीक्षण गरिएको भए दुईवटा पाठेघर स्पष्ट देखिने थियो,” गाइनेएमडी संस्थाका डा. क्रिस्टोफर ङले बताएका छन्।

उनी भन्छन्, “गर्भधारणका बेला महिलामा तीनवटा डिम्ब उत्पन्न भएको र ती तीनैवटा एकैपटक निषेचित हुन पुगेका हुनसक्छ र परिणाम स्वरूप तीनवटा भ्रूणहरू तयार भएको हुनसक्छ।”

आफ्ना बच्चाहरू देखेर आफूलाई साह्रै खुशी लागेको सुल्तानाले बताइन् तर कमजोर आर्थिक अवस्थाका कारण तिनीहरूलाई हुर्काउन आफूहरूलाई गाह्रो हुने उनको भनाइ रहेको एएफपी समाचार संस्थाले जनाएको छ। उनका पतिले भने “यो अल्लाहको चमत्कार हो की मेरा बच्चाहरू स्वस्थ छन्। म तिनीहरूलाई खुशी राख्‍न सबै प्रयास गर्नेछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button