बच्चाको तालुमा प्वाल परेपछि आत्तिँदै अस्पताल, वास्तविकता खुल्दा सबैले टाउको ठोके

काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरियो भने पनि आमा निकै आत्तिन्छिन् । बेलायतकी २४ वर्षकी एक महिलालाई पनि यस्तै भयो ।

बेकी स्टाइल्स नामकी ती महिलाले आफ्ना १० वर्षका छोरा हार्वेको डाइपर बदल्ने क्रममा आफ्नो छोराको मुखभित्र प्वाल देखेपछि उनको होसहवास उड्यो ।

बच्चाको मुखभित्र उनको तालुमा यो प्वाल थियो । छोराको तालुमा प्वाल देखेपछि बेकीको सातो गयो । उनी निकै आत्तिइन् । उनका अनुसार प्वाल देखेपछि उनले त्यो प्वाल छुने कोसिस गरिन् तर उनका पतिले उनलाई रोके । महिलाले भनिन् ‘यो देखेर म काँपिरहेकी थिएँ ।

पसिना आइरहेको थियो । हामीले टर्च बालेर पनि त्यसलाई हेर्यौं ।’ त्यसपछि बेकीले आफ्नी आमालाई फोन गरिन् । आमाले उनलाई १११ मा फोन गर्न भनिन् । यही बेला बेकीका पिताले उनलाई बच्चालाई लिएर तत्काल अस्पताल जान भने ।

बेकीका अनुसार अस्पतालमा डाक्टरले हेर्नुभन्दा पहिले एक नर्सले बच्चाको मुख खोलेर हेरिन् । बच्चाको मुखमा परेको प्वाल हल्का चम्किरहेको थियो ।

नर्सले जब नजिकै गएर हेरिन् त्यसपछि मात्रै थाहा भयो बच्चाकी आमाले जसलाई प्वाल सम्झिरहेकी थिइन् त्यो एक हानीरहित स्टिकर थियो जुन कुनै तरिकाले बच्चाको तालुमा गएर टाँसिएको थियो ।  यो एकदमै सामान्य स्टिकर थियो ।

सम्भवतः त्यो स्टिकर घरमा ल्याइएको कुनै सामानमा टाँसिएको थियो र पछि त्यो स्टिकर कुनै किसिमले बच्चाको मुखमा पुगेको थियो । प्वालको वास्तविकता थाहा पाएपछि बेकीले आफूलाई निकै लज्जित महसुस गरिरहेकी थिइन् ।

तैपनि उनले यो घटना अरुसँग साझा गरिन् ताकि अन्य मातापिता यस किसिमले नझुक्किउन् । महिलाले भनिन् ‘जब म बच्चालाई लिएर अस्पताल पुगें त्यसपछि हामीले नर्सलाई ढोकामै यसबारे बतायौं ।

उनीहरुले अर्को वार्डमा रिफर गर्ने कुरा गरिरहेका थिए । यही क्रममा एक नर्सले मलाई टर्च बालेर हेर्न दिनु भनिन् । करिब ३० सेकेण्डपछि उनले यो स्टिकर हो भनिन् । उनले अब त्यो प्वाल हेर्नुस् भनिन् अनि मुखमा हात हालेर स्टिकर निकालेर देखाइन् ।’ स्रोत – डिसीनेपाल

यो पनि,,,,,नेपालमा कोरोनाको तेस्रो लहर आउने विज्ञहरुको चेतावनी, बालबालिका उच्च जोखिममा पर्ने

अहिले नेपालमा महामारीको दास्रो लहर चलिरहेको छ । दोस्रो लहरको महामारी तिब्र गतिमा बढिरहेको बेलामा फेरी तेस्रो लहरको चेतावनी दिइएको छ ।

नेपालमा भाइरसको तेस्रो लहर आउने र त्यसले अब बालबालिकालाई प्रभाव पार्ने चेतावनी दिइएको छ । विज्ञहरुले आफ्ना बालबालबालिकालाई जोगाउन सुझाव दिएका छन् ।

पहिलो चरणको महामारीमा वृद्ध अवस्थाकाहरुलाई वढि जोखिम देखिएको संक्रमण दोस्रो लहरमा युवा पुस्ता प्रभावित भए । अहिले युवाको मृत्यु धेरै देखिएको छ । संक्रमित हुनेको दर पनि युवाको बढि छ ।

अब तेस्रो लहरले बालबालिकालाई धेरै प्रभाव पार्ने बताइएको छ । विज्ञहरुले सम्भावित तेस्रो लहरसँग सामना गर्न तयारी थाल्न नेपाल लगायतका मुलुकलाई सुझाव दिएका छन् ।

भाइरसले स्वरुप परिवर्तन गरिरहेको भन्दै उनले नेपालमा पनि तेस्रो लहर चाँडै सुरु हुन सक्ने बताएका छन् । भारतलगायत विश्वभरकै तथ्यांकलाई आधारमा मानेर विज्ञहरुले नेपालमा अक्टोबर÷नोभेम्बरमा तेस्रो लहर आउने दाबी गरेका हुन् । तेस्रो लहरमा बालबालिकासहित खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ ।

यसै क्रममा भारतमा कोरोना महामारीको तेस्रो लहर चल्ने निश्चित रहेको त्यहाँका वैज्ञानिकहरूले बताएका छन्। सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार वैज्ञानिक विजय राघवनले नै यस्तो प्रक्षेपण गरेका हुन्।

यतिखेर कोरोना भाइरसको फैलावट विश्लेषण गर्दा अब भारत महामारीको तेस्रो लहरमा लपेटिने निश्चित भएको उनले बताएका छन्।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन क्रममा राघवनले भनेका छन्‌, ‘तेस्रो लहर आउने मिति नै त हामीलाई थाहा छैन, तर अब कोरोना प्रोटोकल निरन्तर पालना गर्दै महामारीको तेस्रो लहरसँग जुध्न तयार भएर बस्नुपर्छ।’

भाइरसको नयाँ म्यूटेन्टसँग मुकाविला गर्न अब कोरोना भ्याक्सिन पनि अद्यावधिक हुन जरुरी रहेको उनले बताएका छन्। मानिसहरूले अपनाएको सावधानीले पनि उत्परिवर्तन भाइरस संक्रमण फैलावट रोक्न नसकिएको राघवनले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘हामीले कोभिड प्रोटोकल पालना गर्दै भ्याक्सिन लगाउनुपर्छ। यस भाइसरबारे वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्। भाइरसमा भइरहेको बदलाव पहिचान गर्न खोजिरहेका छौँ, अब यससँग जुध्न मानिसहरू तयार भएर बस्दा हुन्छ।’

भारतको गृह मन्त्रालयले पनि बेंगलुरु, चेन्नई, कोझिकोड, इर्नाकुलम, थिसुर, मल्लापुर (केरल), गुरुग्राम र पटनामा अघिल्ला दुई सातायता भाइरस संक्रमण तीव्र भएको जानकारी दिएको छ। यसले पनि भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको पुष्टि गर्न सकिने स्थिति छ।

त्यहाँको स्वास्थ्य विभागका संयुक्त सचिव लव अग्रवालले भनेका छन्, कर्नाटक, केरल, आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल, महाराष्ट्र र बिहारमा हरेक दिन कोरोना संक्रमण मामिला बढोत्तरी भइरहेको छ, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, दिल्ली र हरियाणामा पनि संक्रमणपछि ज्यान गुमाउने क्रम वृद्धि भइरहेको छ।

भारतको नीति आयोगका सदस्य डा. वीके पालले संक्रमण जनावरबाट नभई मानवबाट मानवमा फैलिरहेकाले अवस्था चिन्ताजनक भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button