ट्वाइलेटमा फोन खस्यो, निकाल्न खोज्दा हात अड्कियो, आपत परेपछि लगाए यस्तो आइडिया

मोवाईल फोन मानिसहरुको सबै भन्दा नजिकको साथी भएको छ । मानिसहरुलाई मोबाइल फोनको यस्तो लत लागिसकेको छ कि यसबिना एक मिनेट पनि मानिस बस्न सक्दैनन् ।

जुनसुकै अवस्थामा हरदम साथै रहने भनेकै मोवाइल फोन हो । यसै बानीले एक युवकलाई ठूलो मुश्किलमा पारेको छ ।

वास्तवमा उत्तर पूर्वी टर्कीमा एक व्यक्तिको फोन ट्वाइलेट पटमा खस्यो । फोन निकाल्नका लागि जब उनले आफ्नो हात पटमा हाले तब उनको हात भित्रै अड्कियो ।

उनको हात यति नराम्रोसँग भित्र फस्यो कि त्यसलाई निकाल्नका लागि दमकलकर्मीलाई बोलाउनु पर्यो ।

यी युवक एक अस्पतालको शौचालय प्रयोग गरिरहेका थिए । त्यहाँ कोमोड नभई सामान्य शौचालय थियो । शौच गर्नेबेला युवकको स्मार्टफोन ट्वाइलेटको प्वालमा खस्यो ।

त्यसलाई निकाल्नका लागि युवकले प्वालभित्र हात हाले । जब उनले माथि नै मोबाइल फोन पाएनन् तब सु ते र आफ्नो पूरै हात प्वालभित्र छिराएर फोन खोज्न सुरु गरे ।

धेरैबेर खोजेपछि पनि फोन भेटिएन । युवकको समस्या त्यतिमा मात्र सिमित भएन । धेरै बेरसम्म फोन खोज्दा पनि नपाएपछि तब उनले आफ्नो हात निकाल्ने प्रयास गरे । भित्रसम्म हात छिराएकाले उनको हात फसिसकेको थियो र निकै बल लगाउँदा पनि बाहिर निस्किरहेको थिएन ।

समस्यामा परेपछि उनले मद्दतका लागि चि च्या ए । उनको आवाज सुनेपछि केही बिरामीले अस्पताल प्रशासनलाई यसबारे जानकारी दिए । युवकको मद्दतका लागि अस्पतालले दमकल विभागसँग मद्दत माग्यो । एक घण्टाको संघर्षपछि उनको ट्वाइलेटभित्र फसेको हातलाई बाहिर निकाल्न सफल भए ।

समाचारहरुमा जनाइए अनुसार, यसका लागि उनीहरुले विशेष उपकरणको प्रयोग गरेर शौचालयको प्वाललाई ठूलो बनाइयो । युवकलाई चोट नलागोस् भनेर पनि उनीहरु सचेत रहे । दमकल कर्मचारीले सबैभन्दा पहिले उनको अनुहार र शरिरलाई कोटले ढाके ।

निकै समस्या झेलेपनि युवकको अनुहारमा मुस्कान थियो । युवकले दमकलकर्मीहरुलाई पटक पटक धन्यवाद भने । अस्पतालले उनको हातमा मलमपट्टी गर्यो । तर उनको फोन भने भेटिएन ।

यो पनि,,,,,सरकारको यस्तो निर्णयले भर्ना भएका विरामीको पनि उपचार नहुने भएपछि…..

अक्सिजन अभावमा भर्ना भएका विरामी पनि उपचार गर्न सक्दैनौं भनेपछि कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आकस्मिक बैठक बसेको छ । अस्पतालले बिरामी लिन छाडेका छन् भने अक्सिजनको अभावमा भर्ना भएका विरामीको पनि उपचार गर्न सक्दैनौं भन्दै विज्ञप्ती जारी गरेका छन् ।

अक्सिजनको अभावले डरलाग्दो अवस्था सिर्जना भएपछि सरकार तातेको हो । सिंहदरबारस्थित सचिवालयमा जारी बैठकमा अस्पतालहरुलाई थप अक्सिजन व्यवस्थापनका बारेमा छलफल भइरहेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।

अस्पताललाई सीसीएमसीको सिफारिसअनुसार मात्रै अक्सिजन दिने निर्णयले अस्पतालमा अक्सिजनको चरम अभाव सुरु भएको छ।

अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था आएपछि निजी अस्पतालहरुले नयाँ बिरामी भर्ना गर्न बन्द गरेका छन्। भएका विरामीलाई पनि अक्सिजन छैन भन्दै अन्यत्र सार्न अस्पतालले विज्ञप्ती मार्फत विरामीका आफन्तलाई भनेका छन् ।

सोमबार सीसीएमसीले अक्सिजन उत्पादक कम्पनीहरुलाई आफ्नो सिफारिसअनुसार मात्रै अक्सिजन सिलिन्डर वितरण गर्न भनेको थियो।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button