त्यसपछि उनले २ किलोमिटर आफ्नो काँधमा भिखारीको शव बोकेर हिंडीन (भिडियोमा हेर्नुहोस)

एजेन्सी । महिला सब इन्स्पेक्टरले ८० वर्षीय घरबारविहीन र बेसहारा बुजुर्गको ला’वारिस शव एक किलोमिटरसम्म आफ्नो काँधमा राखेर एक प्रहरी हुनुको कर्तव्य पुरा गरेकी छन् ।

यो घटना भारतको आंध्र प्रदेशको श्रीकाकुलम जिल्लामा पर्ने कासीबुग्गा पलासा क्षेत्रको हो । आइपीएस अशोक कुमारले महिला एसआईको मानवीय दृष्टिकोणको प्रशंसा गर्दै एक ट्विट मार्फत एक भिडियो शेयर गरेका छन् ।

महिला उपनिरीक्षक कोट्टुरु सिरिशाले भारतीय अखबार टाइम्स अफ इण्डियासँग कुराकानी गर्दै भनेकिछन्,”हामीलाई एक अ’ज्ञात व्यक्तिको शवको बारेमा थाहा भयो जसको उमेर ८० वर्षको करिब होला। स्थानीय व्यक्तिका अनुसार उनी भिखारी थिए।

खेतको नजिकै रहेको मृत शरीर ल्याउन कुनै सडक थिएन। हामीले गाउँलेहरूलाई अपिल गर्यौं तर कोही अगाडि आएनन् ।”

१२ वर्षिया एक बच्चाकी आमा सिरीशाले भनिन् कि उनको बुबाको सपना थियो कि आफ्नी छोरीलाई पुलिसको वर्दीमा देख्नु । शवलाई काँधमा बोक्ने अनुभवको बारेमा उनले भनिन्, ‘म पुलिस सेवामा जनताको सेवामा भर्ना भएको हुँ।

मेरो लक्ष्य भनेको नै समाजमा सेवा दिनु हो । मृतक पनि सम्मानको अधिकारी हो। मैले मेरो कर्तव्य मात्र गरेको हुँ।’

यो पनि,,,,अर्बपति मुकेश अम्बानीको घरमा काम गर्ने नोकर को तलबनै यति लाख, नोकरका छोराछोरी नै पढ्छन अमेरिका !

भारतको मात्रै नभई एसियाको सबैभन्दा धेरै धनी व्यक्ति मुकेश अम्बानीबारे धेरै कुराहरु बाहिर आउँदैनन् । अम्बानीका नोकरहरुका छोराछोरी पनि विदेशमा अध्यन गर्छन् ।

रिलायन्स इन्डस्ट्रीजका सीएमडी मुकेश अम्बानी अहिलेको समयमा विश्वकै पाँचौं धनी व्यक्ति हुन् ।

भारत सहित सिंगो एशियामा उनीसँग जति सम्पती छ त्यो अरुसँग छैन । उनी विश्वको सब भन्दा महँगो घरमा बस्छन् । यो घरको नाम एन्टिलिया हो । अम्बानीको घर मुम्बईमा रहेको छ । अम्बानीको घरभित्र विलासिताका तमाम चीजहरू छन् ।

उक्त घरमा ति कुराहरु उपलब्ध छन् जसको बारेमा हामी कल्पना गर्न मात्र सक्छौँ । सञ्चारमाध्यमहरुमा अम्बानी परिवारको जीवनशैलीको बारेमा सँधै छलफल हुन्छ ।

तर के तपाईंलाई थाहा छ मुकेश अम्बानीको नोकरले कति तलब पाउँछन् ?

एन्टिलियामा करिब ६०० नोकरहरू काम गर्छन् । जानकारी अनुसार मुकेश र नीता अम्बानी नोकरहरुमाथि आफ्नै परिवारको जस्तो व्यवहार गर्छन । यहाँ कार्यरत मुकेश अम्बानीका नोकरको दुई बच्चा अमेरिकामा पढिरहेको छन् भनेर थाहा पाउँदा कोही पनि छक्क पर्न सक्छन् ।

लाइभ मिररका अनुसार एन्टिलियामा काम गर्ने कुनै पनि कर्मचारीको तलब ३ लाख २० हजार भन्दा कम छैन । यसको मतलब अम्बानीका नोकरहरुले पनि प्रत्येक महिना ३ लाख २० हजार भन्दा धेरै रूपैयाँ पाउँछन् ।

कर्मचारीको तलबमा शिक्षा भत्ता र जीवन बीमा पनि समावेश छ । यदि तपाई सोच्दै हुनुहुन्छ कि ३ लाख २० हजार रुपैयाँको तलबको लागि, कुकहरूले विश्वभरिको विशेष खाना बनाउँदछन् ।

यदी त्यस्तो सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ ।

मुकेश अम्बानीलाई साधारण खाना मन पर्छ । परम्परागत गुजराती पकवान अधिकतम मुकेश अम्बानीको लागि बनाईन्छ । मुकेश अम्बानी पनि इडली सम्बार मन पराउँछन् ।

मुकेश अम्बानी आफैंलाई आफै खाना पकाउन जान्दछन् । नीता अम्बानीले भनेकी थिइन् कि उनकी छोरी उनको घरमा सब भन्दा राम्रो खाना पकाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button