घरमालिक अस्पताल भर्ना हुँदा ४ दिन सम्म ढोकामा कुरेर बस्यो कुकुर, घरघरी चिहाएर ढोकावाट मालिकलाई हेरेको देखियो (भिडियो हेर्नुस्)

एजेन्सी । जनावरमा पनि कति मानवीयता हुन्छ भन्ने कुरा एउटा कुकुरले देखाएको छ । मानिसको संधै नजिक रहन चाहने कुकुर दुख सुखको साथी पनि हो । टर्कीमा एउटा कुकुरले आफ्नो मालिकप्रति देखाएको अगाध भक्ति र स्नेहको भिडियो अहिले सामाजिक सजालमा भाइरल भएको छ ।

मालिक बिरामी भएर अस्पतालमा भर्ना हुँदा पनि एउटा बफादार कुकुरले अस्पतालमा उनलाई कुरीरह्यो । कहिले निको होलान् र वाहिर आउलान् भनेर टर्कीको अस्पताल बाहिर पर्खेर धेरै दिन बिताएको भिडियोमा अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

बोनकुक नाम गरेकी उक्त कुकुरनी मालिक सेमाल सेन्टुरकलाई १४ जनवरीमा अस्पताल लैजाँदा एम्बुलेन्सको पछि लागेर गएको देखिन्छ । सेन्टुरकलाई कृष्ण सागर अर्थात् ब्ल्याक सी नजिकै ट्राब्जोनको अस्पतालमा भर्ना गरिएपछि सो कुकुर अस्पतालको ढोकामै बस्यो ।

त्यस पछि पनि हरेक दिन बिहान ९ बजे आएर अस्पतालको ढोका बाहिर बस्थिन् । मध्यरातसम्म मालिकको प्रतिक्षामा बेलाबेखत ढोकाबाट मालिकलाई चियाएर हेरेको पनि देखिन्थ्यो ।

समाचार एजेन्सी डीएचएका अनुसार सेन्टुरककी छोरी ऐनुर इगेलीले भनिन् ‘मैले बोन्कुकलाई राती घरमा लिएर जान्थेँ तर बिहान ऊ आफैँ अस्पताल आउँथी ।’

रातीसम्म ढोकामै कुर्ने तर, भित्र चाँहि नछिर्ने । ढोका खुल्दा टाउको भित्र छिराएर हेर्ने गरेको त्यहाँका सुरक्षा गा र्डले बताएका छन् । चार दिनपछि सेन्टुरक अस्पतालबाट डिस्चार्ज भए ।

त्यसपछि ह्वीलचेयरबाट बाहिर निस्कँदै गरेका मालिकलाई हेरेर खुशी हुँदै बोनकुकले आफ्नो प्रतिक्रिया दिएकी थिइन् । त्यसपछि बोनकुक पनि मालिकसँगै रमाउँदै घर फर्किएको दृश्य निकै रोचक देखिन्छ ।

यो पनि,,,वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो,

वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ ।

छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौंँको नःघलमा भएको थियो ।

पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।

उहाँले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि चर्चित छन् ।

विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झु’ण्डिएको छ ।
उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उहाँ सङ्गीतमय वातावरणमा हुर्किनुभएको थियो ।

उहाँ किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ । उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको बताइन्छ ।

उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button