२५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ बच्चा, चिकित्सक देखि सबै परे छक्क

एजेन्सी,बैशाख २२- अफ्रिकी मुलुक मालीमा एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएकी छन । स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको पुष्टि गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन्। सिसेको मंगलबार अप्रेशन गरिएको थियो।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो। उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो।

डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए।

उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ।

यो पनि,,,काठमाडौं उपत्यकावासीको लागि खुसीको खबर, सरकारले थाल्यो यस्तो पहल

सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिनुभयो । शय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ ।

केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो । आज मात्रै सात हजार २११ सङ्क्रमित भएको र २७ जनाको निधन भएको छ ।

उहाँका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय÷सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०÷१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा अधिकारीले काठमाडाँै मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००÷४०० दरका एक हजार २०० शय्या चाँडै बन्ने बताउनुभयो ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००– ५०० र जनमैत्री अस्पतालमा १२० शय्या बन्नेछन् । उहाँले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शय्या छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button