पत्याउन नै नसक्ने गरि यसरी चोरेर ल्यायो कमिलाले हिरा, बन्यो संसारकै सबैभन्दा धनी कमिला (भिडियो )

अहिले युटुबमा निक्कै रोचक भिडियोहरु अपलोड हुने गरेका छन् । हामीलाई केही कुरा गर्न आएन भने पनि युटुब हेरे पुग्छ । युट्युबमा एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसमा एउटा कमिलाले हिरालाई बोकेर हिँडिरहेको छ ।

युट्युबमा राखिएको यो भिडियोमा धेरैले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अब म कमिलालाई विश्वास गर्न सक्दिनँ ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’

साथै, मनोज नारायण नामका प्रयोगकर्ताले लेखेका छन्, ‘यो एक तालिमप्राप्त कमिला हो । ’ जसवंत लेख्छन्, ‘करोडपती कमिला ।’ यस्तै अर्का व्यक्तिले लेखे, ‘संसारको सबैभन्दा धनी कमिला ।

एक रिपोर्ट अनुसार कमिला आफूभन्दा ५० गुणा भारी सामान उठाउन सक्छन् । लाइभ साइन्स वेबसाइटमाथि एक अमेरिकी युनिभर्सिटीका जानकारले पनि कमिलाले आफ्नो तौलभन्दा सय गुणा गह्रुँगो सामान उठाउन सक्ने बताएका छन् ।

भिडियो हेर्नुहोस्

यो पनि,,,भाग्यमानी मानिस जो गल्ती गरेर पनि भाग्यले बाचे, तपाई कल्पना पनि गर्न सक्नु हुन्न

किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ? तपाईंले आफैलाई यी प्रश्न गरिराख्नुहुन्छ भने एक पटक पुनस् सोच्नुस् । “मानिसहरूले राम्रो हुन् वा नराम्रो आफ्ना भाग्य आफै कोर्छन्,” मनोविज्ञ रिचर्ड वाइजमन भन्छन् ।

वाइजमनले भाग्यको भूमिका र मानिसहरूको जीवनमा त्यसले पारेको प्रभावबारे अध्ययन गरिराखेका छन् । उनले त्यसलाई ‘वैज्ञानिक अनुसन्धान’ भनेका छन् जसले आफूलाई भाग्यमानी र भाग्यमानी नभएको ठान्नेहरूबीचको भिन्नता हेरिराखेको छ ।

निष्कर्ष के त ? भाग्य कुनै जादुयी क्षमता वा अप्रत्यासित नतिजा नभइ यो हामी कसरी सोच्छौँ र काम गर्छौ भन्ने हो । खासगरी, भाग्यमानी भनिने वा आफूलाई भाग्यमानी ठान्ने मानिसहरूले यी चार कुरा ठिकसँग गर्छन् ।

आफूलाई भाग्यमानी ठान्ने मानिसहरू सही समय पहिचान गर्दै त्यसको सदुपयोग गर्छन् । जब उनीहरूले अगाडि नयाँ बाटो देख्छन्, खुशी साथ त्यस बाटोमा हिँड्छन् ।

भाग्यले साथ नदिएको ठान्नेहरूका हकमा भने त्यो ठ्याक्कै उल्टो हुन्छ “उनीहरू एउटै बाटोमा हुन्छन्। जसकै कारण अवसरहरू देखिए पनि उनीहरू त्यसको सदुपयोग गर्न डराउँछन् ।

”उनीहरू त्यस्तो परिस्थिति बुझेरै अगाडि बढ्छन् । यसले खराब समयलाई पनि राम्रोमा परिणत गर्छ । तर आफूलाई भाग्यमानी नठान्नेहरू स(साना नकारात्मक कुराबाटै चिन्तित हुन्छन् । उनीहरू भविष्य बेरङ्गको हुँदैछ भन्ने सोचेर पर्यत्न गर्नु नै बेकार रहेको ठान्छन्। आफूलाई भाग्यमानी नठान्नेहरूमा भने निराशावादी सोच हावी भइदिन्छ ।

वाइजमनका अनुसार ‘आफ्ना उदास शैलीका कारण मानिसहरू त्यस्ता व्यक्तिहरूबाट पञ्छिन खोज्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button