
अनलाइनमा स्याउ किन्दा आइफोन आएपछि…
-एजेन्सी । कहिलेकाहीँ अनलाइन सपिङ गर्दा निकै रोचक अनुभव भोग्न पाइन्छ । बेलायतमा हालै एउटा यस्तै घटना भएको छ । त्यहाँ अनलाइनबाट स्याउ खरीदका लागि अर्डर गरेका एक युवकले एप्पलको आइफोन हात पारेका छन् ।

५० वर्षका निक जेम्सले एक खुद्रा सामानको अनलाइन बिक्रि गर्ने वेबसाइट मार्फत् स्याउ खरीद गरेका थिए । अनलाइनमा अर्डर गरेसँगै उनी आफुले किनेको स्याउ लिनका लागि कम्पनीको स्थानीय स्टोरमा गए ।

स्टोरमा पुगेपछि उनले थाहा पाएकी उनको सामानसँगै एक सरप्राइज बक्सपनि छ । जेम्सले जब त्यो बक्स खोलेर हेरे, तब उनी दंग भए ।
उक्त बक्समा एक आइफोन थियो । स्याउ खरीद गर्दा आइफोन हात परेपछि उनको खुसीको सीमा रहेन र उनले त्यो खुसी ट्वीटरमा शेयर गरे ।
वास्तवमा उनले अनलाइनमा स्याउ अर्डर गरेको कम्पनीको विज्ञापन अभियानको हिस्सा थियो त्यो सरप्राइज । कम्पनीले आफ्ना ग्राहकहरुलाई विभिन्न उपहार प्रदान गर्ने गरेको थियो र त्यसक्रममा जेम्सलाई आइफोन उपहार परेको थियो ।
कम्पनीका अन्य ग्राहकहरुले पनि आ-आफ्ना सरप्राइज गिफ्टका बारेमा ट्वीट गरेर सार्वजनिक गरेका छन् ।
यो पनि,,,ललितपुरमा नगर प्रहरीको अभियान : सडकमा थुपारेको फोहोर घरमै फिर्ता
ललितपुर महानगरपालिकामा नगर प्रहरीले सडकमा फोहोर थुपार्ने घरधनीलाई कारबाही सुरु गरेको छ । यस्ता घरधनीले सडकमा फालेको फोहोर नगर प्रहरीले उनीहरुकै घरभित्रै फिर्ता गरिदिन थालेको छ ।
घरको फोहोर जथाभावी फाल्ने कामलाई निरुत्साहित गर्न फोहोर फाले घरमै फिर्ता गर्न थालेको हो ।
बिहीबार जाउलाखेलका एक घरधनीले भत्काएको घरबाट निस्किएको इँट्टालगायका फोहोर सडक पेटीमा थुपारेका थिए ।
तर उक्त फोहोर घरमै फिर्ता गरिदिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । हाछेथुका अनुसार जाउलाखेल चोक भन्दा थोरै अगाडि निर्माणाधीन घरको फोहोर सडक पेटीमा थुपारिएको थियो ।
बाटोमा ठूलो फोहोरको थुप्रो रहेका कारण पैदलयात्रीलाई हिँड्नसमेत असहज भएको थियो । ‘सडक पेटीमा फोहोर थुपारिएको देखेपछि हामीले गएर सोध्यौँ, नजिकैको घरको मान्छेले फाल्नुभएको रहेछ’ नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘हामीले फोहोर हटाउन आग्रह गर्यौं, एक हप्ताको समय सीमा नै तोकिदिँदा पनि उहाँले अटेर गर्नुभएपछि मेयर सा’पको निर्देशन अनुसार नै हामीले फोहोर फाल्नेकै घरमा फोहोर राखिदियौं ।’
उनका अनुसार करिब २ ट्रक फोहोर ती घरधनीले सडकमा थुपारेका थिए ।
सडक अतिक्रमण गर्ने जोसुकै भए पनि छुट नदिने हाछेथुले बताए । आगामी दिनमा पनि यस्तो कामलाई निरन्तरता दिने उनको भनाइ छ ।
‘सामान्य व्यापारी जो गुजारा चलाउन सडकमा व्यापार गर्छ उसलाई त कारबाही हुन्छ भने सडकमै फोहोरको थुप्रो फाल्ने धनाढ्यलाई छाडिदिँदा भेदभाव हुन्छ’ उनी भन्छन्, ‘यसकारण कुनै भेदभाव हुँदैन, हामी कुनै एक व्यक्तिको होइन हजारौं सर्वसाधारणको हित हेरेर यो काम गरेका हौं ।’



