यो हो विश्वकै महँगो तरकारी, १ किलोको मूल्य डेढ लाख रुपैयाँ

काठमाडौं । मान्छेले खाने तरकारी यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको छ ।

यो तरकारीको नाम ‘हप शुट्स’ हो । उक्त तरकारीको बोटमा लाग्ने फूललाई ‘हप कोन्स’ भनिन्छ । सोही फूललाई बियर बनाउन प्रयोग गरिन्छ । बोटको बाँकी भागलाई तरकारी वा सलादको रुपमा खाइन्छ । यो तरकारी यति धेरै महँगो हुनाका कारण कुनै तरकारी बजार वा सुपरमार्केटमा सायदै पाइएला ।

हप शुट्स औषधीय गुणले भरिपूर्ण हुन्छ भनिन्छ । सोही कारण त्यसको प्रयोग जडीबुटीको रुपमा पनि हुने गर्दछ । मानिसहरु यसलाई काँचै पनि चपाउने गर्दछन् ।

यसको औषधीय गुणको पहिचान शदियौँ अघि नै भएको हो । इस्वी सम्वत् ८०० को आसपास मानिसहरुले यसलाई बियरमा मिलाएर पिउँदथे । त्यो सिलसिला अहिलेसम्म पनि चलिरहेको छ ।

सबैभन्दा पहिले यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग विस्तारै पूरै विश्वमा नै फैलियो । १८ औँ शताब्दीमा बेलायतले त यो वनस्पतीमाथि कर समेत लगाएको थियो भने बियर बनाउँदा यो वनस्पती अनिवार्य रुपमा प्रयोग गर्ने नियम बनाइएको थियो ।
–एजेन्सी

दुई वर्षकी बालिकाले मास्क नलगाएको भन्दै आमाछोरीलाई नै विमानबाट झा’रियो , जब कि ति सानी बालिकाले दहि खादै थिईन ! (

काठमाडौं –अमेरिकामा एक दुई वर्षकी बालिकाले मास्क नलगाएको भन्दै उनको पुरा परिवारलाई नै विमानबाट तल झा’रिएको छ। गत सोमबार स्पि’रिट एयरलाइन्सका स्टाफले ७ वर्षकी ग’र्भव’ती महिला उनकी दुई वर्षकी छोरी, अपांगता भएका छोरा र उनको श्रीमानलाई विमानमा सवार हुन दिएका थिएनन्

सानी बालिकाले दही खानको लागि मास्क खोलेकी थिइन्। न्युजर्सीबाट फ्लो’रिडाको ओ’र्लान्डोको लागि उड्न लागेको विमानबाट उनीहरुलाई झा’रिएको थियो। यो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ। ७ वर्षकी ग’र्भवती अभितालले आफूहरुले मास्क लगाएको बताउँदा फ्ला’इट ए’टेन्डेन्टले २ वर्षकी बालिकाले मास्क नलगाएकाले सबैले विमानबाट झ’र्नुपर्ने बताएकी थिइन्।

यद्यपी त्यहाँ सवार यात्रुहरुले विमानका कर्मचारीको वि’रोध जनाए। दुई वर्षकी बालिकाले मास्क खो’लेर दही खानु कुनै अ’परा’ध नभएको भन्दै आवाज उठेको थियो। उनीहरुलाई विमानमा सवार हुन न’दिए आफूहरु सबै विमानबाट बा’हिरिने बताएपछि भने अभितालको परिवार सोही विमानमा चढेर फ्लो’रिडा पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button