
बिरालोले उडिरहेको विमानका पाइलटमाथि आ’क्रमण गरेपछि…आपतकालीन अवतरण
विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश अचानक पाइलटलाई नै आ क्रमण गरेपछि उडिरहेको विमानको आपतकालीन अवतरण गराउनुपरेको छ ।

बुधबार कतारका लागि उडेको विमानमा अचानक ककपिट भित्र छिरेका ती बिरालोले पाइलट र चालकदलका अन्य सदस्यहरूलाई हमला गर्न थालेपछि तत्कालै सो विमान सुडानको राजधानी खार्तुमस्थित विमानस्थलमा फर्काइनुपरेको सञ्चार माध्यमले जनाएको छ ।

अल–सुडानी न्युजका अनुसार खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब आधा घन्टापछि त्यो बिरालोले विमानभित्र हं’गामा म’च्चाएको थियो ।
त्यसलाई पक्रने सम्पूर्ण प्रयास असफल भएपछि विमानलाई आपतकालीन अवतरण गरिनु परेको थियो । अन्ततः त्यसबाट छुटकारा पाएपछि पुनः सो विमान आफ्नो गन्तव्यतर्फ उडेको थियो ।
तर, फोक्स न्युजले भने टार्को एभिएसनको सो विमानमा अघिल्लो रात नै कतैबाट बिरालो विमान भित्र छिरेको हुनुपर्ने अनुमान गरेको छ ।
यो पनि , ,,, अचानक बाँदरको मृत्यु भएपछि गाउँनै शोकमा डुब्यो, हिन्दु परम्परा अनुसार गरियो अन्त्येष्टी
काठमाडौं (एजेन्सी)। गाउँमा कुनै मानिसको मृत्यु भएमा गाउँ नै शोकमग्न हुनु सामान्य हो। तर, एक जंगली जनावरको मृत्युमा गाउँ नै शोकमग्न। सुन्दा अलि अनौठो लाग्छ यो घटना। तर, घटना सत्य हो।
भारतीय सञ्चार माध्यमका अनुसार भारको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा एक जंगली जनावरको मृत्युमा पूरै गाउँ रोएको छ। समाचारअनुसार एक बाँदरको अचनाक मृत्यु भएपछि गाउँ नै शोकमा डुब्यो। गाउँलेहरुले भेला भएर सो बाँदरलाई आशुसहित अन्ति बिदाई दिएका छन्।
बाँदरको शव यात्रा पनि निकालियो। र हिन्दु परम्पराअनुसार उसको अन्त्येष्टी पनि गरियो।समाचार अनुसार बाँदरको अन्तिम यात्रामा ठूलो संख्यामा पुरुष र महिलाहरु सहभागी भए। सबै मलामीहरु निकै दुखित देखिन्थे।
समाचार अनुसार सो बाँदर गाउँका सबै घरघरमा पुग्ने गथ्र्यो। यसरी घरघर पुग्ने बाँदरसँग मानिसहरुको भावनात्मक सम्बन्ध कायम भएको थियो।मानिसहरु उसलाई आफ्नै परिवारको सदस्य जस्तै मान्थे। अचानक उसको मृत्यु भएपछि मानिसहरु दुःखी बनेका हुन्।
यो पनि , नेपाली आकाशमै इन्टरनेटको सुविधा
काठमाडौँ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी गरेकोे हो ।प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमति प्राप्त विदेशी एयरलाइन्सले आफ्ना यात्रुलाई यस्तो सुविधा उपलब्ध गराउन सक्नेछन्“उड्ययन प्राधिक्णबाट सहमति ल्याउने विदेशी एय्लाइन्सलाई हामी ‘नो अब्जेक्सन’ दिन्छौँ”, उनले भने ।
विदेशी जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सेवासम्बन्धी प्रस्ताव यति बेला प्राधिकरणको बोर्डमा प्रस्तावित छ ।
बोर्डबाट उक्त प्रस्ताव पारित हुनासाथ जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सुविधा खुला हुनेछ । “अब छिटै यस्तो सुविधा दिने गरी तयारी भइरहेको छ”, उनले भने । यो प्रक्रियामा प्राधिकरणको भूमिका ‘नो अब्जेक्सन’ दिनेमा हुनेछ ।