
अन्त्यष्टिका लागि चितामा सुताइएका मलिक आगो लगाउने बेलामा जुरुक्क उठेर बसेपछि…
एजेन्सी । असावधानीका कारण झण्डै एक ब्यक्तिको अनाहकमा मृत्यु हुनवाट जोखिएको छ । अन्त्यष्टिका लागि भन्दै चितामा सुताइएको ब्यक्ति आगो लगाउने बेलामा जुरुक्कै उठेर चितामै बसे पछि मलामी गएकाहरुको भागाभाग भएको छ ।

यो घटना भारत ओडिसाको हो । भारतको ओडिसाको गंजाम जिल्लामा भएको यो घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।

मलामी गएकाहरुको भागाभाग भएको थियो । चितामा शब चलमलाउन थालेपछि मलामी डराएका थिए । त्यसैबीच उनी उठेर चितामै बसे । त्यस्तो देखेर मलामी भु’त भन्दै थप डराए ।
तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे ।
उनीहरुले मृत्यु भएको ठानेका ब्यक्ति जिवितै थिए । सीमान्चक मलिक नाम गरेका ति ब्यक्तिलाई अहिले अस्पताल लगिएको छ । अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन् ।
शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृ’त भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बे’हो’स भएको चिकित्सकहरुले बताएका छन् ।
यो पनि,,, युएईका उपराष्ट्रपतिको छोरीले बाथरुम भित्र बाट यस्तो भिडियो लिग गरेपछि बिश्वमै भाइरल, आफ्नै बाबुले गर्दा रहेछन् यस्तो काम
एजेन्सी । दुबईका शासक र संयुक्त अरब इमिरेट्स (युएई)का उपराष्ट्रपतिले आफ्नी ३५ वर्षकी छोरीलाई ब’न्धक बनाएर राखेको खुलेको छ । मंगलवार उनकी छोरी लतिफा अल मकतुमले एक भिडियो सार्वजनिक गरिन् । उनले आफुले बाथरुपममा लुकेर बनाएको भिडियो भन्दै सार्वजनिक गरेपछि अहिले विश्वको ध्यान तानिएको छ ।
दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुमकी छोरी ३५ वर्षीय लतिफा अल मकतुमले सन २०१८मा दुबईबाट भाग्न कोशिश गरेका कारण अहिले उनलाई यस्तो सजाय दिइएको हो ।
आर्थिक रुपमा उचाई हासिल गरेको दुवईमा महिलाका लागि भने निकै कडा शासन छ । महिलालाई बाहिर निस्कन र हिडडुल गर्न तथा एक्लै देश छोड्न पनि दिइन्न ।
उनी आफ्नो मुलुकको यस्तो कठोर शासनका कारण भागेर अन्य मुलुकमा शरण लिएर बस्न खोजेकी थिइन् । यसरी देश छोड्न प्रयास गर्ने उनी मुकतमकी दोस्रो सन्तान हुन्। ६ जना श्रीमतीबाट मुक्तमका ३० छोराछोरी भएको बताइन्छ। उनको एक श्रीमती परिवार सहित भागेर अन्य मुलुकमा शरण लिएर बसिसकेकी छन् ।
बाहिर जाने, घुम्ने, गाडी चलाउने, पढ्ने उनको चाहना थियो । त्यसैले उनी आफ्ना मार्सल आर्ट्स प्रशिक्षकको सहारामा भाग्ने कोशिष गरेकी थिइन् । जनवरी २०१८मा उनीहरू दुबईबाट डुंगामा भागेका थिए।
अमेरिकामा गएर राजनीतिक शरण माग्ने लतिफाको योजना अनुसार उनी भारत नजिक पुगिन् । उनलाई भारतमा पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्नुमा भारतको पनि सहयोग रहेको बताइएको छ । तर यस बारेमा भारतले आधिकारीक प्रतिकृया दिएको छैन ।
पक्राउ परेपछि लतिफालाई विद्युतीय झ”ड्का दि’एर बे’होस बनाई जहाजमा दुवई लगिएको थियो । उनलाई ३ वर्षदेखि यसरी नै ब ‘न्धक बनाएर राखिएको छ । यस अघि लतिफाले साथीहरु मार्फत पनि आफ्नो रिहाइको अपिल गरेकी थिइन् ।
लतिफाले आफ्ना साथीहरूलाई एउटा भिडिओ सन्देश पठाएर आफूलाई बाबुले ब’न्धक बनाएको र रिहाइको पहल गर्न आग्रह गरेकी थिइन् । उनकी साथीले लतिफाको रिहाइका लागि संयुक्त राष्ट्र संघमा अपिल गरेपछि उनको जीवनबारे अन्तर्राष्ट्रिय समुदायले चासो देखाएको थियो।
मंगलवार पनि लतिफाले आफूलाई राखिएको ठाउँभित्र बनाएका भिडिओ बिबिसी पानोरोमाले सार्वजनिक गरेको छ । भिडिओमा लतिफाले भिलालाई जेल बनाइएको र चौबिसै घन्टा प्रहरी तैनाथ गरिएको बताएकी छन्। उनले भिडिओहरू बाथरूम भित्र रेकर्ड गरेको उल्लेख गरेकी छन्।
ुमैले बाथरूममा यो भिडिओ बनाइरहेकी छु किनकी यहाँमात्र म ढोका लगाएर बस्न सक्छु। म ब’न्धक बनाइएकी छु। स्वतन्त्र छैन। यो जेलकी कैदी हुँ। मेरो जीवन मेरो हातमा छैन,’ उनले भनेकी छन्।
प्रहरीहरूले आफूलाई जिन्दगीभर यहीँ बस्ने पर्ने भनेको उनले बताएकी छन्। ुमलाई थाहा छैन। अब मैले फेरि सूर्य देख्न पाउँछु कि पाउँदिनँ,’ लतिफाले भिडिओमा भनेकी छन्।
७१ वर्षीय मुकतम संसारका अर्बपति शासकहरूमध्ये एक हुन् । उनले नै दुवईको बुर्ज खलिफा बनाउन लगाएका हुन् । उनका े ब्यक्तिगत सम्पत्ति पनि ४ अर्ब अमेरिकी डलर छ।