विश्वकै सबैभन्दा खतरनाक रूख ! झुक्किएर फलको टुक्रा चुसे मृत्यु, दाउरा बाले आँखा फुट्ने

काठमाडौ ।

पृथ्वीमा विषालु बिरुवा, फलफूल र तरकारीको कमी छैन । हाम्रो वरपरका क्षेत्रमा यस्ता धेरै फलफूल पाइन्छन्, जसको सेवन खतरनाक साबित हुन सक्छ। यो संसारको सबैभन्दा खतरनाक रूख मानिएको छ । वर्षामा रुखमुनि उभिएर बसेको बेला फलसँग जोडिएको पानी झर्यो र तपाईको अंगमा पर्यो भनेपनि त्यसको विष लाग्छ ।

मानशिनील रुख यति विषाक्त हुन्छ कि वर्षामा यसको मुनि उभिदा छाला नै पोल्छ । यति मात्र होइन, झुक्किएर यसको काठ जलाउँदा आँखा जल्ने र मानिस अन्धो पनि हुनसक्छ । मानशिनीलको फल झुक्किएर एक टुक्रा खाँदा मानिसको आन्तरिक र क्तस्राव र मृत्यु समेत हुनसक्छ ।

मानशिनील क्यारिबियन र अमेरिकाको तटीय क्षेत्रहरु मा पाइन्छ। यो रूख ५० फिटसम्म अग्लो हुन सक्छ र म्यान्ग्रोभ्ससँगै बढ्छ। रुखको खोड, पात र फलबाट सेतो रंगको पदार्थ निस्कन्छ, जसले गर्दा धेरै जलन हुन्छ। यो पदार्थमा धेरै विषाक्त तत्वहरू छन्।

यस रुखको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि विश्वको सबैभन्दा खतरनाक रुखको रुपमा दर्ता भएको छ । मानिसहरु यस रुखको नजिक जान नपाउने भएकाले यसको नजिकै खतराको संकेत राखिएको छ ।

यस्तो विषालु रुखलाई संसारबाट मेटाउनु राम्रो हो, यो विचार पनि मानिसको मनमा आउनेछ। यो उल्लेखनीय छ कि मानशिनीलले माटोको क्षरण रोक्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button