आइतबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम गरेको छ।

शुक्रबार प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button