
१५ सय वर्ष अघि पनि मानिसहरुले लगाउँथे यस्ता फेशनएवल जुत्ता
एजेन्सी । के १५ सय वर्ष अघि पनि मानिसहरुले फेशनएवल जुत्ता लगाउँथे रु केही दिन अघि मंगोलीयामा भेटीएको यो तस्विर पछि यो प्रश्न यत्रतत्र बहशको विषय बन्न पुगेको छ ।

यो डिजाइन आधुनिक युगमा संसारभर मशहूर ब्राण्डबाट उत्पादन भइरहेको डेलीमेलले जनाएको छ ।

यो जुत्ता मंगोलीयाको अल्ताई माउन्टेनमा केही हप्ता पहिला पुरातत्वविदहरुले फेला पारेका हुन् ।
ममी नाम गरेकी एक महिलाले उक्त समयमा पनि यस्तो अनौठो जुत्ता लगाउने गरेको तथ्य उनीहरुले पत्ता लगाएका छन् ।
खोव्द संग्रहालयका विशेषज्ञहरुका अनुसार ममीका साथमा एक घोडा, काठी, लगाम, माटाका भाँडा, लट्ठीको टोकरी लगायतका सामग्राीहरु फेला परेका छन् ।
होसियार ! छोराछोरीको नाङ्गो फोटो अपलोड नगर्नु
आफ्ना सन्तानको बाल्यकालका नग्न तस्बिर राखे अभिभावकले कडा सजाय केहोर्नुपर्ने फ्रान्सेली अधिकारी जनाएका छन् ।
फ्रान्समा गोपनियतासम्बन्धी कडा कानुन छ । यसमा अर्को फुर्को पनि यही साता थपिएको छ ।
जसअनुसार अभिभावकले आफ्ना सन्तानका नग्न तस्बिर हाल्न नमिल्ने हालेका खण्डमा कडा जरिवाना तिर्नुपर्नेछ ।
अधिकांश अभिभावकले आफ्ना सन्तानको तस्बिर हाल्दा तिनीहरुसँग स्वीकृति नलिइने हुनाले ती पोष्टले सन्तानलाई तनाब झेल्नुपर्ने हुनसक्ने र सो तनाब रोक्न सरकारले यस्तो नीति ल्याएको बताइएको छ ।



