नेपालमा २०२१ सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक गर्दै किया

कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ।

कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो।

कारको हकमा ‘द लार्जेस्ट हाइब्रिड एसयुभी’ शब्दमा मात्र सिमित नभएर यसले पारखीलाई उत्साहित पनि गर्न सक्नुपर्छ।

कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा यस अवधारणालाई गरेको छ।

२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहित १.४९ किलोवाट प्रति घण्टा ब्याट्री छ। जसले गर्दा २०२१ सोरेन्टोलाई जस्तोसुकै बाटोमा पनि लैजान सकिन्छ।

यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ, जुन तारमार्फत फुल गियरबक्समा परिवर्तन हुन्छ र ड्राइभिङलाई रमाइलो बनाउँछ।

नयाँ सोरेन्टोमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि छ। यसमा विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ।

सुरुमा किया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ।

गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्छ।
सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले यात्रुलाई सुरक्षा सुनिश्चित गर्छ।

नयाँ सोरेन्टोलाई सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिन्छ।

सातवटा एयरब्याग रहेको यो गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता छन्।

जसले यसका चारवटै चक्का जमिनमा गाडिए जस्तै गरी यसका यात्रुलाई उच्चतम सुरक्षा प्रदान गर्छ।

१२.३  इन्चको अल–डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर र त्रुटिरहित र पढ्न सजिलो डिस्प्लेले किया सोरेन्टोको स्क्रिनलाई अझ प्रभावशाली बनाएको छ।

ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजीले इन्स्ट्रूमेन्ट क्लस्टरमा लेन एडजस्टमेन्टको प्रत्यक्ष भिडियो दृश्य देखाउँछ।

मोडिने सिग्नल बाल्दा यो एक्टिभेट हुन्छ। नाप्पा लेदरमा चम्किएको इन्टेरियरले यसलाई सेग्मेन्टकै प्रिमियम इन्टेरियर मध्येको एक बनाएको छ। मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिट, २०२१ सोरेन्टोलाई लक्जरियस एसयुभी बनाउने केही फिचर्स हुन्।

ठूलो बडी साइज, आक्रामक र संयमित देखिने अग्रभाग, बिफिएर १९ इन्चको अलोय ह्विल, डुअल एलइडी प्रोजेक्सन हेडल्याम्प्स, फुल पानोरमिक सनरुफ र सार्पर बडी लाइन्स जस्ता विशेषताले सबै ठूला एसयुभी जस्तै अल न्यू सोरेन्टो पनि भीडमा शानदार देखिन्छ।

२८१० एमएमको ह्विलबेसका कारण गाडी भित्रका यात्रु आरामपूर्वक यात्रा गर्न सक्छन्।

नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन्।

किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button